'बाढीको सम्भावना छ, सतर्कता अपनाऔँ'

'बाढीको सम्भावना छ, सतर्कता अपनाऔँ'

काठमाडौं : सरकारले आज, भोलि र पर्सी देशभरका ससाना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार), भोलि (सोमबार) र पर्सी (मंगलबार) देशैभर मौसम बदली रही हल्का, मध्यम वा भारी वर्षाको सम्भावना रहेकाले सबै स-साना खोलाहरुमा आकस्मिक बाढीको संभावना छ। आइतबार बिहान ६ बजे जारी गरेको सूचनामा 'उच्च सतर्कता अपनाउन' आग्रह गरिएको छ। महाशाखाले पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन भनेको छ।

केही नदीहरूको बहाब सतर्कता तहभन्दा माथि जान सक्ने भए पनि ठूला नदीहरू कोसी, गण्डकी, कर्णाली, महाकाली लगायतमा भने बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको विभागले स्पष्ट पारेको छ।

मौसम पूर्वामानुमान महाशाखाका अनुसार आज देशभर नै बदलीरही अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने साँझ पनि देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ।

हेर्नुस् बाढी पूर्वानुमान महाशाखाको सूचनाः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.