ब्राजिललार्इ हराएपछि बेल्जियमका प्रशिक्षकले के भने ?
हामीलाई थाहा थियो, ब्राजिल बलियो र सक्षम छ। सक्षम टोलीलाई रोक्न हामीले पनि धेरै मेहनत गर्यौं। मेरा खेलाडीको आँखामा जसरी पनि खेल जित्नुपर्छ भन्ने भावना थियो। ३२ वर्षपछि हामीले सेमिफाइनलमा स्थान बनाएका छौं। खेलाडीलाई प्राविधिक रूपमा बलियो बनाउन धेरै कठिन थियो।
बलियो टोली ब्राजिललाई रोक्न पनि बलियो रणनीति अपनाउनु पथ्र्यो। हामीले जब २–० को अग्रता लियौं, त्यसपछि रक्षापंक्ति र काउन्टर प्रहार दुवैमा ध्यान दियौं।
सहज अवस्थामा बल अगाडि लैजाने अन्यथा ब्राजिललाई बल हान्न नदिने। तर पनि ब्राजिलले दोस्रो हाफमा सोचेकोभन्दा माथिल्लो स्तरको फुटबल खेल्यो। त्यसलाई जित्न हाम्रो ट्याक्टिसले पनि नभ्याउने थियो। फुटबलमा सफलता हात पार्न खेलले मात्र होइन, आत्मविश्वास पनि चाहिन्छ। हामीलाई त्यही आत्मविश्वासले बढी साथ दियो।