गुफामा फसेका किशोर उद्धारका लागि ‘चिम्नी’ बनाइयो
माई साई : थाइल्यान्डमा करिब दुई सातादेखि गुफामा फसेका १२ किशोर र उनका एकजना फुटबल प्रशिक्षकको उद्धारको क्रम जारी रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् ।
उनका अनुसार गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३ सय मीटर लामा छन् । ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकाले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने र ती किशोरको उद्धार गर्न सजिलो पर्ने उनीहरूले बताएका छन् ।
उद्धारमा खटिएका एकजना गोताखोर बालकलाई खाना पु¥याएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँ छिर्न अरूले मानिरहेका छैनन् । यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरूको उद्धार गर्न सक्ने अनुमान गरिएको छ ।
ठूलो संख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधि प्रयोग गरी यी चिम्नी निर्माण गरिएको सेनाले जानकारी दिएको छ । शनिबार बिहानसम्म पनि ती किशोरको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनीहरूले बाहिरबाट पठाइएको खानेकुरा खाएको र सामान्य अवस्थामा रहेको अधिकारीले जनाएका छन् ।