‘फूलझैँ जीवन’ आधुनिक गीति संग्रह सार्वजनिक

‘फूलझैँ जीवन’ आधुनिक गीति संग्रह सार्वजनिक

काठमाडौँ : गीतकार प्रेमप्रसाद राजभण्डारीको रचना र सङ्गीतकार सन्तोष श्रेष्ठको संगीतमा आधुनिक गीतहरूको सङ्ग्रह ‘फूलझैँ जीवन’ एक बिमोचन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानले शनिबार राजधानीमा एक कार्यक्रमकबीच उक्त एल्बमको बिमोचन गर्दै नेपाली गीत मौलिक हुनुपर्नेमा जोड दिए । उनले नेपाली गीत संगीतमा नेपाली जीवन र जगतमा आधारित रहेर निर्माण हुनुपर्नेमा बताए ।
‘नेपाली गीत संगीतमो इतिहास गौरवले भरिएको छ, हाम्रो देशको पहिचान भनेको नेपाली गीत सङ्गीत पनि हो, त्यसैले गीतहरू राम्रा बन्नका लागि शब्द मौलिक हुनुपर्छ’ उनले भने।


पछिल्लो समय नेपाली गीत संगीतलाई आधुनिकता दिने नाममा अश्लिलतातर्फ धकेल्ने प्रयत्न भैरहेको भन्दै प्रधानले युवा सर्जकलाई गम्भीर हुन आग्रह गरे। वरिष्ठ संगीतकर्मी प्रधानले एल्बमका गीतहरू हृदयस्पर्सी भएको बताउदैँ ‘फूलझैँ जीवन’ आधुनिक गीति सङ्ग्रहमा गीतमा पाइने मिठास भएको बताए।

कार्यक्रममा एल्बमको डा. नेत्र एटमले समीक्षा गरे । ‘एल्बमका गीतहरू फरक फरक शैलीका छन् । यहाँ समावेश गरिएका गीत सुन्दा आनन्द आउने अनि वियोगान्त र संयोगान्त भावका समेटिएका छन्’– उनले भने। कार्यक्रममा प्रतिनिधिसभाका सांसद विष्णु शर्मा र सुजिता शाक्यको समेत उपस्थिति रहेको थियो । एल्बम विमोचन कार्यक्रममा गायक भविन ढुंगाना, कृष्णभक्त राई र गायिका सहिमा श्रेष्ठले आफ्नो साङ्गीतिक प्रस्तुती दिए ।

सङ्गीतकार सन्तोष श्रेष्ठले गीतमा विविध भाव भएकोले सङ्गीत गर्दा आनन्दभूति भएको र यस एल्बममा फरक पन दिन सकेको बताए ।  गीतकार प्रेमप्रसाद राजभण्डारीले आफू विदेशमा बसे पनि आफ्नो जन्मभूमिको मायाले सताएको कारण गीत लेख्न प्रेरित भएको बताए । कार्यक्रमको सहजीकरण पत्रकार सुमन बैरागीले गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.