‘कसले भन्यो अफ्रिका विश्वकपबाट बाहिरियो’

‘कसले भन्यो अफ्रिका विश्वकपबाट बाहिरियो’

बेनिन : रुस विश्वकपको उपाधि जित्ने दाबी गरिएका टोली बाहिरिने क्रम जारी छ। समूह चरणमा साविक विजेता जर्मनी बाहिरिएसँगै नकआउट चरणबाट दाबेदार टोली अर्जेन्टिना, स्पेन र पोर्चुगल घर फर्किए। क्वार्टरफाइनलमा पुग्दा उरुग्वे र विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलले नमीठो हार खेप्यो। यस्तो अवस्थामा अपराजित फ्रान्स अहिले उच्च मनोबलमा देखिएको छ।

क्वार्टरफाइनलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २–० गोलले पराजित गरेको फ्रान्सले अहिले विश्वकपमा आफ्नो समर्थक बटुल्न अफ्रिकाको साथ मागिरहेको छ। अफ्रिकी मुलुक विश्वकपको समूह चरणबाट बाहिरिएपछि त्यहाँका जनता दुःखी बनेका छन्। अझ नाइजेरियाका जनताले विश्वकपबाट आफ्नो टोली बाहिरिएको क्षणलाई भुल्न सकिरहेका छैनन्।

यही बेला फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन नाइजेरियाको भ्रमणमा छन्। विश्वपकपमा फ्रान्सले उत्कृष्ट नतिजा निकालेको अवस्थामा इमानुअलले सिंगो अफ्रिकालाई फ्रान्सको पक्षमा समर्थन गर्न सार्वजनिक रूपमै आग्रह पनि गरेका छन्। ‘विश्वकपबाट अफ्रिका बाहिरियो भनेर कसरी भन्न मिल्छ ? फ्रान्सको लगभग सिंगो टोली अफ्रिकाको छ। टोलीका १४ जना खेलाडीले कुनै न कुनै हिसाबले अफ्रिकी देशको भावना बोकिरहेका छन्। यस्तो अवस्थामा अफ्रिका विश्वकपबाट बाहिरियो भनेर कसले भन्यो’, फ्रान्सका राष्ट्रपतिले एक कार्यक्रममा भने। उनले रुस विश्वकपमा फ्रान्सलाई जिताउन सिंगो अफ्रिकाको समर्थन आवश्यक रहेकोसमेत बताए।

फ्रान्सका प्रभावशाली खेलाडी पल पोग्वा पहिला गुनियाका हुन्। पोग्वाका भाइ फ्लोरेन्टिन जो अहिले गुनिया र स्टेभे मानडान्डाका भाइ परफेइट कंगोबाट खेलिरहेका छन्। उनीहरू दुवै पहिला फ्रान्सको युुवा टोलीमा थिए। हाल फ्रान्सका लागि उच्च प्रदर्शन गरिरहेका केलियन एमबाप्पेका बाबु क्यामरोन र आमा अल्जेरियाका हुन्। यसैगरी बेल्जियम टोलीमा समेत आठजना खेलाडी कुनै न कुनै अफ्रिकी मूलका छन्। यही दृष्टान्त राख्दै फ्रान्सका राष्ट्रपति इमानुअलले विश्वकपबाट अफ्रिका बाहिरिएको भन्न नहुने भन्दै अफ्रिकाका जनतालाई सान्त्वना दिएका छन्।

रुस विश्वकपको समूह चरणबाट सिंगो अफ्रिमा महादेश नै बाहिरिएपछि अन्तर्राष्ट्रिय रूपमै ठूलो चर्चा भएको थियो। युरोप र अमेरिकी महादेशको दबदबा देखिएको विश्वकपको नकआउट चरणमा एउटा पनि अफ्रिकी देश किन अटाउन सकेन भन्दै फुटबलका पण्डितहरूले तर्क र वितर्क गरे। यही अवस्थालाई नाइजेरियामा पुगेर अगाडि बढ्ने टोलीका सबै खेलाडी अफ्रिकी मूलका भएको भन्दै अफ्रिकी देशका जनतालाई आश्वस्त पारेका छन्। रुस विश्वकपमा अफ्रिकाबाट सहभागी पाँच देशमध्ये इजिप्ट, मोरक्को र ट्युनिसिया समूह चरणको अन्तिम खेलअगाडि नै बाहिरिएका थिए।

नाइजेरियाका लागि अर्जेन्टिनासँगको अन्तिम खेल सुखद रहेन। अन्तिम खेलमा अर्जेन्टिनासँग २–१ गोलले पराजित भएपछि नाइजेरिया विश्वकपबाट बाहिरिन बाध्य बनेको थियो। सेनेगलका लागि पनि अन्तिम खेल दुर्भाग्य नै रह्यो। अन्तिम खेलमा कोलम्बियासँग १–० गोलले पराजित भएपछि सेनेगलले जापानसँगै बराबरी चार अंक बनाए पनि दुईवटा पहेँलो कार्ड बढी पाएको आधारमा बाहिरिएको थियो। जापान फेयर प्लेका आधारमा नकआउट चरणमा पुग्ने एसियाको एक्लो टोली बनेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.