रुस विश्वकपमा सबैभन्दा बढी चिनियाँ दर्शक

रुस विश्वकपमा सबैभन्दा बढी चिनियाँ दर्शक

मस्को : चीनको फुटबल टोली जारी रुस विश्वकपमा सहभागी छैन। चीन त विश्वकपको छनोट चरणमै नियमित असफल हुँदै आइरहेको छ। तर, एउटा रोचक लाग्ने तथ्य के छ भने रुसमा जारी विश्वकप हेर्न पुग्ने समर्थकमध्ये सबैभन्दा बढी चिनियाँहरू नै देखिएका छन्।

यसले अन्य खेलमा निकै सशक्त रहेका चिनियाँहरू फुटबलप्रति पनि आकर्षित रहेको देखाएको छ। रुस विश्वकप आयोजक समितिले जनाएअनुसार यसपटक विश्वकप हेर्न आउने चिनियाँ समर्थक आयोजक रुसका समर्थकपछि सबैभन्दा बढी छन्। यसमा चिनियाँ समर्थकले युरोपेली वा अन्य कुनै पनि देशका समर्थकलाई जितेका छन्। विश्वकप खेल हेर्न चिनका जति समर्थक रुस पुगेका छन्, त्यति समर्थक प्रतियोगितामै सहभागीमध्ये कुनै पनि देशका पनि पुगेका छैनन्।

रुसको सूचना मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार ६० हजार ‘फ्यान आईडी’ चिनियाँ राहदानीबाट लिइएको छ। चिनियाँ समर्थकपछि रुस विश्वकप हेर्न जाने सबैभन्दा बढी समर्थक अमेरिकाको देखिएको छ। रुसी सूचना मन्त्रालयका अनुसार अमेरिकी राहदानीबाट ३९ हजार फ्यान आईडी लिइएको छ। फ्यान आईडी रुस विश्वकप हेर्न जाने मुख्य ‘कार्ड’ हो। खेल हेर्न रुस जाने समर्थकका लागि फ्यान आईडीले नै प्रवेशाज्ञाको काम गर्ने गर्छ। फ्यान आईडी भएका समर्थकलाई रुसी सरकारले स्थानीय सवारीसाधनमा समेत निःशुल्क सेवा दिने व्यवस्था मिलाएको छ।

चिनियाँ समर्थकले आफ्नै देशभित्र र अन्य क्षेत्रबाट पनि टिकट खरिद गरेका छन्। चीनमा रुस विश्वकपको टिकट बिक्री गर्ने मुख्य जिम्मेवारी पाएको सांकाई स्पोर्टस् इन्टरनेसनलका अनुसार चीनमै ४० हजार टिकट बिक्री भएको छ। त्यसमध्ये १० प्रतिशतले भीआईपी प्यारापिटको टिकट लिएका छन्।

‘चिनियाँ पाहुना कुनै पनि राम्रा टोली सहभागी भएको खेलको टिकट लिन चाहन्छन्। अझ उनीहरू कुनै पनि खेलको टिकट लिन चाहन्छन्। उनीहरूले लिनेमध्येको टिकट भीआईपी प्यारापिटकै बढी हुने गर्छ’, आयोजक समितिका एक सदस्य ऐकानेरिना चेलिकले भनेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.