आस्था र प्रदीपले ल्याए ‘उज्यालोको खोजी’ र ‘प्रयास’

आस्था र प्रदीपले ल्याए ‘उज्यालोको खोजी’  र ‘प्रयास’


काठमाडौं : गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजलकृति ‘प्रयास’ र एल्बम ‘प्रयास’ विमोचन गरिएको छ । 

राजधानीमा शनिबार भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजनामा भएको कार्यक्रममा गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजलाई परिर्वतनमा अहं भूमिका खेल्ने बताए ।

रावलले अन्य साहित्य जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै स्रष्टाहरूले आफूअनुकूल व्याख्या गर्ने गरेको र रचना गरेको बताए । नेपाली साहित्यकारले नेपाली शब्द हुँदाहुँदै विदेशी शब्द प्रयोग गरेकोप्रति उनले कडा टिप्पणी गरे ।

‘प्रयास’ का स्रष्टा थापाले आफू लेखन विधामा एकदम कलिलो भएको र लेखनमा निरन्तर लागिरहने बताए । गजलकार आस्थाले आफू १५–१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यही समयबाटै गीत, कविता, गजल पढ्न र लेख्न थालेको बताइन् । हिजोको जनयुद्धकालीन यात्राले साहित्यमा लाग्नसमेत प्रेरित गरेको उनको भनाई छ ।

विमोचित पुस्तक तथा एल्बममाथि प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारीले टिप्पणी गरेका थिए भने साहित्यकारहरू डा. भोजराज घिमिरे, नरेन्द्रजंग पिटर, घनेन्द्र ओझा, बाबु त्रिपाठी, राधा कणेललगायतले लेखकद्वयलाई शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.