करेन्ट लागेर बालकको मृत्यु
मलंगवा : सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-७ नोकैल्वामा करेन्ट लागेर आइतबार तीन वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा उमाशंकर रायको छोरा बृज किशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घरमा खेल्दै गरेको अवस्थामा झुण्डिरहेको होल्डरमा यादवले औंला घुसाउँदा करेन्ट लागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए।करेन्ट लागेका यादवलाई उपचारका लागि मलंगवा ल्याउँदै बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक पोखरेल जानकारी दिए।