कवाडीको बहानामा चोरी, ३१ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

कवाडीको बहानामा चोरी, ३१ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

काठमाडौँ: भारतको बिहारबाट कवाडी संकलन गर्ने बाहनामा नेपाल छिरेको एउटा समूहमा चोरीका ठुलो परिमाणको धनमालसहित रंगेहात समातिएको छ।  बिहार राज्यस्थित मोतिहारी र समस्तीपुर जिल्लाबाट कवाडी संकलन गर्न भन्दै काठमाडौँ छिरेका दुईजनालाई ठुलो परिमाणको धनमाल चोर्दै गरेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेको हो । 

 बिहान दिउँसो कवाडी बटुल्दै हिँड्ने यो समूहले मान्छे नभएका घरका ढोका र झ्याल फोडी चोरी गर्ने गरेको पत्ता लागेको हो । काठमाडौंको डल्लुबाट शुक्रबार रंगेहात पक्राउ गरिएपछि आइतबार सार्वजनिक गरिएकामा बिहारको गुम्तीथाना मोतिपुर-३२ का १९ वर्षीय करण पोदार र बिहारकै समस्तिपुर जिल्ला महदिलनगर थाना बिनगामाका १७ वर्षीय सुरज पोदार छन् । 

उनीहरुलाई डल्लु आवास क्षेत्रस्थित सोनी श्रेष्ठको घरमा कोही नभएको बेला शुक्रबार ढोका फोडेर नगद र सुनचाँदीका गहनासहित ३१ लाख ३३ हजार १ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गर्दागर्दै महाशाखाको टोलीले पक्राउ गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.