हिमवत् खण्ड कलासाहित्य सम्मेलन हुने
काठमाडौं : 'हिमवत् खण्ड कला साहित्य र संस्कृति : विश्वव्यापी सम्पदा र मानवीय समृद्धि' भन्ने उद्घोषका साथ असार २९ गतेदेखि काठमाडौंमा तीन दिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने भएको छ ।
नुभक्त आचार्यको २०५औ जन्म जयन्तीका सन्दर्भमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले उक्त सम्मेलन गर्न लागेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा नै केन्द्रबिन्दु रहेको र यसका वरिपरि भएका हिमवत् खण्डका मध्यमा रहेका हिमशिखरहरू र यस परिधिका मानवका निम्ति हिमाली सभ्यताका पहिलो स्रोत हुन् ।
ऋग्वेद कालदेखि नै सभ्यताको आधारभूमि बन्दै आएको पूर्व पश्चिम तथा उत्तर दक्षिणका समुद्री तलसम्म विस्तारित यस खण्डलाई व्यापक अर्थमा हिमवत् खण्डका रूपमा लिने गरिएको सम्मेलनका संयोजक राजेन्द्र सुवेदीले जानकारी दिए ।
यस खण्डका लगभग दुई दर्जन राष्ट्रहरूका लोकजीवनका मिथक, पौराणिक जीवनका कथा र इतिहास तथा सामाजिक तथा सांस्कृतिक जीवनका सांस्कृतिक सम्पदाहरूले यस क्षेत्रको मानवजीवनलाई समृद्ध तुल्याउँदै ल्याएको प्रतिष्ठानको भनाई छ ।