१५ दिनदेखि गुफामा फसेकामध्ये चारजना किशोरलाई निकालियो
बैंकक: थाइल्यान्डको म लुआङ्ग गुफामा १५ दिनदेखि फसेका १२ जनामध्ये चारजना किशोरालई आइतवार सकुशल बाहिर निकालिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार उद्दार टोलीका कमाण्डरले १२ मध्ये चारजनालाई सकुशल बाहिर निकालिएको जानकारी दिएका हुन् ।
फसेका किशोरहरुलाई निकाल्न दुईजनाका दरले गोताखोरहरु आइतवार गुफामा पसेका थिए । थाइल्यान्डको सरकारले २ जना किशोर गुफाबाट बाहिर आएको पुष्टि गरेको छ। अन्य दु्ईजना पनि निस्किन लागेको त्यहाँको सरकारले जनाएको छ। यी किशोरहरुलाई निकाल्न १३ अन्तर्राष्ट्रिय गोताखोर र थाई नेभीका ५ अधिकारी आइतवार गुफामा पसेका थिए ।
थाई सञ्चारमाध्यमका अनुसार एक किशोरलाई निकाल्न दुईजनाको दरले गोताखोरहरु आइतवार भित्र छिरेका थिए । पहिलो गोताखोर गाइडको भूमिकामा छन् । जसले यी किशोरहरुलाई निकाल्न उनीहरु फसेको स्थानदेखि गुफाको मुखसम्म यो डोरी बाँधिएको छ । अर्का गोताखोरसँग एक किशोर अलग्गै डोरीको सहयोगमा रहनेछन् ।
किशोर पुरै मास्क र वेट सुटमा हुनेछन् । उनको अक्सिजन सिलिन्डर गोताखोरसँग हुनेछ । यी गोताखोर साथी गाइड गोताखोरको डोरीको सहयोगमा किशोरलाई बाहिरसम्म लिएर आउनेछन्। यो अपरेशनलाई केभ मेज बोटलनेक नाम दिइएको छ।
किशोरहरुका माता-पितालाई पनि उद्धार अपरेशनको जानकारी दिइएको छ। उनले यो अपरेशन २ दिनमा सकिने बताएका छन् । तर सेनाले भने तीनदेखि चार दिनसम्म यो अपरेशन चल्ने जनाएको छ ।
एक दिनअघि चियाङ्ग राय प्रान्तका गभर्नर नरोङ्गसाक ओसोत्थानकोर्नले गुफामा अक्सिजन कमीका कारण किशोरहरुलाई निकाल्न कम्तिमा पनि ३ देखि ४ दिन लाग्ने बताएका थिए ।
यदि सबैलाई निकाल्न सकिएन भने गुफामा कार्बनमोनोअक्साइडको मात्रा बढेर किशोरहरुको रगत विषमा परिणत हुने खतरा छ । गुफामा अन्डर-१६ फुटबल टिमका ११ देखि १६ वर्षसम्मका १२ किशोर र उनीहरुका २५ वर्षीय प्रशिक्षक फसेका छन् ।
उनीहरु आफ्नो अभ्यास खेलपछि गुफा हेर्न पसेका थिए । त्यहीबेला भीषण पानी परेपछि गुफामा बाढी आएको थियो । यो गुफा १० किलोमिटर लामो छ । बर्षातको समयमा यो गुफा यो गुफा जुलाईदेखि नोभेम्बरबीच बन्द हुने गरेको छ।