एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

भक्तपुर : बाल विकास, वागीश्वरी, एड्भान्स एकेडेमी र विनायक शिक्षा निकेतन स्कुलले भक्तपुरमा आइतबारदेखि सुरु भएको एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बाल विकासले गणेश, वागीश्वरीले दोलागिरी, एड्भान्सले हिमालयन ग्लोरी र विनायक शिक्षा निकेतनले गोल्डेन सुनगाभा स्कुललाई हराएका हुन् ।

भक्तपुरस्थित माहेश्वरी खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा गत वर्षको विजेता बाल विकासले गणेशलाई २–० गोलले पन्छाएको हो । बाल विकासको लागि दुवै गोल नवीन फुदोङले गरेका हुन् ।

त्यस्तै वागीश्वरीले दोलागिरीलाई ५-२ गोल हरायो । वागीश्वरीको लागि विजय मोक्तानले ह्याट्रिक पूरा गर्दा सन्दीप कार्कीले एक गोल थपे । एक गोल भने दोलागिरीबाट उपहार पाएको थियो । दोलागिरीको लागि भने दुवै गोल रुकेश तामाङले फर्काए ।

आइतबार नै भएको अर्को खेलमा एड्भान्स एकेडेमीले हिमालयन ग्लोरीमाथि ५–० गोलको फराकिलो जीत हात पारेको थियो । एड्भान्सका रिकेश थापाले दुई गोल गर्दा विमल राजवंशी, निशान गिरी र एलिस श्रेष्ठले एकएक गोलको योगदान गरे ।

यसैगरी विनायक शिक्षा निकेतनले गोल्डेन सुनगाभालाई ३-० ले पन्छायो । विजेता विनायक शिक्षाको लागि रविन कुटुले दुई र दीपेश भन्डारीले एक गोल गरे । प्रतियोगिताको आइतबार एक कार्यक्रमबीच नगर खेलकुद समिति भक्तपुरका संयोजक उकेश कवांले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा उनले माहेश्वरी खेलमैदानको स्तरोन्नतिको लागि भक्तपुर नपाले आर्थिक वर्ष २०७५-७६ मा पनि बजेट विनियोजन गरेको जानकारी दिए ।

अहिले खेलाडीहरुले हिलाम्मे मैदानमा फुटबल खेलिरहेका छन् । उनले विद्यालय तहबाटै खेलाडी तयार गर्न सरकारले नपा तहमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने नीति अघि सारेकाले भक्तपुर नपाले आउँदो वर्ष उक्त प्रतियोगिता गर्ने सुनाए ।

उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फुटबलसँग थप खेलकुद थप्ने आश्वासन दिए । कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूले अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको बताए । उनले संघले जिल्ला लिग फुटबलसमेत आयोजना गर्ने बताए ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा जिल्लाका १८ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक तीर्थ राजचलले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.