‘कुखुराको मासु पोखिँदा ज्यानै गयो’

‘कुखुराको मासु पोखिँदा ज्यानै गयो’

भक्तपुर : रक्सी पिएर धकेलाधकेल गर्दा कुखुराको मासु पोखिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका उमेश कार्कीले ज्यान गुमाउनु परेको अनुसन्धानबाट खुलेको छ।

असार १६ गते जीतपुरस्थित दिनेश खड्काले भाडामा दिएको दुईतले घरमा ३६ वर्षीय उमेश मृत भेटिएका थिए। ग्रिलसम्बन्धी काम गर्ने मजदुरले भाडामा लिएको उक्त कोठामा कार्की मृत फेला भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा हत्या भएको खुलेको हो। प्रहरीले कार्कीको हत्यामा संलग्न दुईजनालाई नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले हत्यामा संलग्न भएको भन्दै सर्लाहीको हरिपुर नगरपालिका ८ जगतपुर निवासी ३५ वर्षीय रामसागर चौधरी र सोही नपाको ७ वडामा स्थायी घर भई काठमाडौंको सानो भ¥याङ बस्दै आएका २९ वर्षीय गंगाराम चौधरीलाई सार्वजनिक गरेको हो।

रामसागर बहालवाला नेपाली सैनिक हुन्। उनी नेपाली सेनाको सबुज गण सुर्खेतमा दरबन्दी भएका प्युठ हुन्।

परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले उक्त घटनामा पाँच जनाको संलग्न रहेको पुष्टि भएको जानकारी दिए। ‘फरार तीनजनाको नामथर र ठेगाना सबै पहिचान भइसकेको छ’, उनले भने, ‘तर उनीहरु फरार छन्।’

प्रहरी उपरीक्षक श्रेष्ठले घटनाको रात रामसागर र गंगारामसहित पाँच जना मिलेर मादकपदार्थ सेवन गरिरहेका बेला मृतक उमेश पुगेको अनुसन्धानमा खुलेको बताए।

‘सबैले सँगै मादकपदार्थ खाँदै विवादको क्रममा पकाएको कुखुराको मासु पोखिएको विषयमा धकेलाधकेल हुँदा कार्कीमाथि फलामको रड र धारिलो चक्कुले टाउँको र अनुहारमा प्रहार गरी हत्या गरिएको देखिएको छ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने।

उनका अनुसार सैनिक जवान रामसागर बिदामा घर आएका थिए। घरको आर्थिक अवस्था कमजोर भएकाले उनी बिदामा पनि साथीसँग मिलेर थप काम गर्ने गरेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ। उनका अनुसार रामसागरसँग ग्रिलसम्बन्धी काम गर्ने प्राविधिक सीप छ।

प्रहरीले नियन्त्रणमा लिएका दुईजनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गराई थप अनुसन्धान भइरहेको जनाएको छ। त्यस्तै फरार तीनजनाको खोजतलास व्यापक बनाइएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.