विश्वकपको दुईदिन अघि नियुक्त भएका स्पेन प्रशिक्षक पदमुक्त

विश्वकपको दुईदिन अघि नियुक्त भएका स्पेन प्रशिक्षक पदमुक्त

म्याड्रिडः रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि स्पेनले प्रशिक्षक फर्नान्डो हिएरोलाई पदमुक्त गरेको छ। सन् २०१० को विश्वकप विजेता स्पेन प्रिक्वार्टरफाइनलमा आयोजक रुससँग टाइब्रेकरमा पराजित भएको थियो। निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा रोकिएको स्पेन टाइब्रेकरमा रुससँग ४-३ गोलले पराजित भएको थियो।

स्पेनिस फुटबल संघले जारी विश्वकपको अन्तिम समयमा टोली सम्हाल्नुपर्ने जिम्मेवारी पाएर पनि हिएरोले राम्रो काम गरेको जनाएको छ। विश्वकपमा समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको स्पेनले पहिलो खेल पोर्चुगलसँग ३-३ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा इरानलाई १-० गोलले पराजित गरेको स्पेन तेस्रो खेलमा भने मोरक्कोसँग १-१ गोलको बराबरीका रोकिएको थियो।

समूह विजेता बन्दै नकआउट चरणको पुगेको स्पेनलाई टाइब्रेकरमा रुसले स्तब्ध पारेको थियो। ‘हिएरोले विश्वकपमा टोलीलाई राम्रो नेतृत्व गरे, त्यसका लागि उनी धन्यवादका पात्र हुन्। फर्नान्डो अब आफ्नो पुरानै काम फुटबल संघको निर्देशक पदकमा फर्किएका छन,’ संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। जारी विश्वकपबाट आफ्नो टोली बाहिरिएपछि पद गुमाउने ५० वर्षीय फर्नान्डो चौथो प्रशिक्षक हुन्। यसअघि पोल्यान्ड, कोस्टारिका र जापानले प्रशिक्षक हटाउने निर्णय गरिसकेका छन्।

रुस विश्वकपको दुई दिनअघि मात्र स्पेनिस फुटबल संघले मुख्य प्रशिक्षक जुलेन लोपेटेग्वीलाई बर्खास्त गरी हिएरालाई उक्त जिम्मेवारी सुम्पिएको थियो। संघले लोपेटेग्वीले आफूहरूलाई जानकारी नै नगराई रियल म्याड्रिडसँग नयाँ सिजनका लागि सम्झौता गरेको कारण देखाउँदै उनलाई पदबाट बर्खास्त गर्नुपरेको जनाएको थियो। रियल म्याड्रिडले रुस विश्वकपको दुई दिनअघि नै लोपेटेग्वीलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको खबर टेलिफोनमार्फत संघलाई जानकारी गराएको थियो।

त्यसलगत्तै लोपेटेग्वी बर्खास्तीमा परेका थिए। लोपेटेग्वी सन् २०१६ मा पूर्वप्रशिक्षक भिसेन्ट डेल बोस्कले जिम्मेवारी छाडेपछि स्पेनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा स्पेनले एउटा पनि खेल हारेको थिएन। उनको प्रशिक्षणमा खेलिएको २० मध्ये १४ खेलमा स्पेनले जित हात पारेको थियो भने ६ खेलमा बराबरीको नतिजा निकालेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.