पुनर्निर्माण प्राधिकरणका भुसाल पदमुक्त
काठमाडौं : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाललाई पद मुक्त गरेको छ।
सरकारले भुसाललाई सबै प्रक्रिया पूरा गरेर पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो। भुसाललाई शेरबहादुर देउवा सरकारले प्राधिकरण कार्यकारी प्रमुख पदबाट गोविन्दराज पोखरेले राजीनामा दिएपछि नियुक्ति गरेको थियो।
सरकारले पदबाट र्फिता बोलाए पनि भुसाल भने रुष्ट छैनन्। भुसालले नौ महिनासम्म जनताको सेवा गर्न पाएको आफू सन्तृष्ट भएको बताएका छन्।