सेमिफाइनलमा बेल्जियमसँग भिड्न लागेको फ्रान्सका गोलरक्षक के भन्छन् ?

सेमिफाइनलमा बेल्जियमसँग भिड्न लागेको फ्रान्सका गोलरक्षक के भन्छन् ?

 विश्वकप बोली

विश्वभर फ्रान्सलाई उपाधि जित्ने टोलीको रूपमा लिइन्छ जस्तो मलाई लाग्दैन। धेरै कम फुटबल पारखीले मात्र फ्रान्सलाई विश्वकप जित्न सक्ने टोलीको रूपमा लिने गरेका छन्। सरसर्ती हेर्दा ब्राजिलजस्तो लामो इतिहास बोकेको र प्रतिभाशाली खेलाडीहरूले भरिएको टोली नै सबैको रोजाइमा पर्ने गरेका छन्। 

ब्राजिललाई क्वार्टरफाइनलमा हराएपछि बेल्जियम धेरै समर्थकको रोजाइमा पर्नुपर्ने हो। तर, अझै पनि बेल्जियम धेरै समर्थकको रोजाइमा परेको होला भन्ने मलाई लाग्दैन। समर्थकको आँखामा फ्रान्सको अवस्था पनि त्यस्तै छ।

धेरै फुटबलप्रेमीको आँखामा पर्ने नसके पनि हामी विश्वकप ट्रफी उचाल्ने अभियानमा छौं। तर, त्यसका लागि हामीले उरुग्वेविरुद्घको सेमिफाइनलभन्दा पनि स्तरीय प्रदर्शन गर्न सक्नुपर्छ। 

सेमिफाइनलमा क्षमतावान् खेलाडीहरूले भरिएको बेल्जियम हाम्रो प्रतिद्वन्द्वी छ। मेरो विचारमा सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ। तर, हामी हाम्रो युवा खेलाडीप्रति विश्वस्त छौं।
-ह्युगो लोरिस,
फ्रान्सका गोलरक्षक 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.