क्वाटरफाइनलमा पराजित भएपछि रुसका मिडफिल्डरको सन्यास

क्वाटरफाइनलमा पराजित भएपछि रुसका मिडफिल्डरको सन्यास

सोचीः जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रुसका प्रभावशाली मिडफिल्डर एलेक्जेन्डर सामेदोभले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको घोषणा गरेका छन्। शनिबार राति भएको खेलमा रुस टाइब्रेकरमा क्रोएसियासँग ४-३ गोलले पराजित भएको थियो। निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको समयमा रुसले उत्कृष्ट प्रदर्शन गरे पनि पेनाल्टी सुटआउटमा अभागी सावित भएपछि भावुक बनेका ३३ वर्षीय सामेदोभले राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय गरेका हुन्।

‘मेरा लागि राष्ट्रिय टोलीबाट टाढिने यो नै उपयुक्त समय भएको अनुभव मैले गरें’ सामेदोभले भनेका छन्, ‘यो नै राष्ट्रिय टोलीका लागि मेरो अन्तिम खेल हो।’ उनले व्यक्तिगत रूपमा आफू भावुक भए पनि समर्थक र राष्ट्रका लागि गर्व गर्न लायक खेल खेलेको बताए। ‘म केही निराश र भावुक छु तर, हामीले हाम्रा समर्थक र राष्ट्रका लागि गर्व गर्न लायक काम गरेका छौं’, मिडफिल्डर सामेदोभले भने, ‘किनकि हामीले राम्रो फुटबल खेल्यौं।’

उनले सेमिफाइनल पुग्नुभन्दा एक कदम अगाडि पराजय बेहोर्नु पर्दा केही दुःखी भएको बताए। सामेदोभले सन् २०११ मा रुसको राष्ट्रिय टोलीमा छनोट भएका थिए। करिब सात वर्ष सिनियर टोलीबाट फुटबल खेलेका उनले ५३ खेलमा सात गोल गरेका छन्। रुसको यू-२१ टोलीबाट सिनियर टोलीमा छनोट भएका सामेदोभले यू-२१ को १२ खेलमा तीन गोल गरेका छन्।

सामेदोभले व्यावसायिक फुटबल भने आफ्नै देशका क्लबबाट खेल्दै आएका छन्। व्यावसायिक फुटबलको सुरुवात स्पार्टक मस्कोबाट गरेका ३३ वर्षीय सामेदोभ अहिले पनि त्यही क्लबमा आबद्ध छन्। मैदानको मध्यभागमा बलमाथि नियन्त्रण राख्न र स्ट्राइकरलाई बल उपलब्ध गराउन सामेदोभ निकै माहिर मानिन्छन्। उनले व्यावसायिक खेल जीवनलाई भने आगामी दिनमा पनि निरन्तरता दिनेछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.