अमेरिकी माग धम्कीपूर्ण : उत्तर कोरिया

अमेरिकी माग धम्कीपूर्ण : उत्तर कोरिया

तोक्यो : अमेरिका र उत्तर कोरियाबीच २ दिनसम्म चलेको शान्तिवार्ताप्रति प्योङयाङले खेदपूर्ण भएको बताएको छ । अमेरिकाको परमाणु निरस्त्रीकरण माग धम्कीपूर्ण भएको बताउँदै यो आफूलाई मान्य नहुने उत्तर कोरियाले स्पष्ट पारेको छ ।

उत्तरको समाचार संस्था ‘केसीएनए’ले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भएको परमाणु सम्बन्धी वार्ता ‘एकपक्षीय र धम्कीपूर्ण भएको भएको बताएका छन् । अमेरिकाले शान्तिवार्तालाई सहयोग पुग्ने खालका कुनै पनि रचनात्मक कुरा नगरेको उनको भनाइ छ । उत्तर कोरियाले उसका सबै माग पूरा गर्नुपर्ने धम्कीको बोली बोलेको भन्दै उत्तरले आलोचना पनि गरेको छ । अमेरिकाले उत्तरले आफ्ना परमाणु हतियार नष्ट गर्नुपर्ने भन्दै एकतर्फी दबाब दिन खोजेको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी विदेशमन्त्रीलाई भेट पनि गरेनन् ।

उत्तर कोरियाली विदेश मन्त्रालयले भनेको छ, ‘यस्तो आभास हुन्छ, अमेरिकाले हाम्रो सद्भावना र धैर्यलाई गलत सम्झिएको छ ।’ शान्तिवार्तामा बस्दा अमेरिकाले रचनात्मक प्रस्ताव ल्याउला भन्ने उत्तर कोरियाको आशा रहेको विदेश मन्त्रालयले अपेक्षा गरेको र त्यस्तो चाहना गर्नु निकै मूर्खतापूर्ण उसको भनाइ छ । पोम्पिओले उत्तर कोरियाका शान्तिवार्ता र प्रयासलाई खारेज गरेको उत्तरले खुलासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शान्ति प्रक्रिया पुनः शुरु गर्न उत्तर कोरियाले आग्रह गर्नुपर्ने पोम्पिओको भनाइप्रति उत्तरको कुनै टिप्पणी पनि नभएको स्पष्ट पारिएको छ ।

यद्यपि अमेरिकी विदेशमन्त्री पोम्पोओले उत्तर कोरियासँग भएको वार्ता सकारात्मक भएको दाबी गरेका थिए । उनले उत्तर कोरियाली वरिष्ठ अधिकारी किम योङ चोलसँगको छलफल निकै आशाजनक भएको बताएका थिए । उनले जापानी र दक्षिण कोरियाली समकक्षीसँगको बैठकमा यस्तो दाबी गरेका थिए । उनले उत्तर कोरियासँगको परमाणु प्रस्ताव क्षेत्रीय स्थिरताका लागि निकै महत्वपूर्ण भएको चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.