क्यानडा लिगको चौथो खेलमा सन्दीपको औसत प्रदर्शन

क्यानडा लिगको चौथो खेलमा सन्दीपको औसत प्रदर्शन

एजेन्सी :  नेपालका युवा क्रिकेटर सन्दीप लापिमछाने हाल क्यानडाको क्रिकेट लिग ‘ग्लोबल टी–ट्वीन्टी क्यानडा’ मा खेलिरहेको छन् । उक्त लिगको आइतबारको खेलमा सन्दीपले औसत प्रदर्शन गरेका छन् । 

यसअघिका दुई खेलमा किफायती बलिङ गर्दै १–१ विकेट लिएका सन्दीपले आइतबारको खेलमा ४ ओभरमा २ विकेट लिँदै ३४ रन दिए । यस लिगमा सन्दीपको यो चौथो खेल हो । आइतबार सन्दीपको टिम मोन्ट्रेल टाइगर्सले वेस्ट इन्डिजका डारेन सामीको कप्तानीमा रहेको टोरोन्टो नेशनलविरुद्ध खेलेको थियो । 

यस खेलमा मोन्ट्रेल टाइगर्स  टोरोन्टो नेशनलसँग १ विकेटले पराजित भएको छ । पहिले ब्याटिङ गरेको  मोन्ट्रेल टाइगर्सले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।  टोरोन्टो नेशनलले २० ओभरमा ९  विकेटको गुमाउँदै १७९ रन बनाइ जित हात पा¥यो । 

लिगको पाँच खेल खेल्दा लासिथ मालिंकाको सन्दीप सहभागी टिम मोन्ट्रेल टाइगर्सले एक खेलमा मात्रै जित हात पारी अंक तालिकाको पुच्छारमा रहेको छ । लिगमा ६ टिम प्रतिस्पर्धामा छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.