परराष्ट्रको अनुमतिबिना जनप्रतिनिधिले विदेशीलाई भेट्न नपाउने

परराष्ट्रको अनुमतिबिना जनप्रतिनिधिले विदेशीलाई भेट्न नपाउने

काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुटनीतिक आचारसंहिता कार्यान्वयनमा कडाइँ गरिने बताएका छन् । विनियोजन बजेटमाथिको छलफलमा मन्त्रीहरुले सांसद्को जिज्ञासामाथि जवाफ दिने क्रममा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो कुरा बताएका हुन् ।

विगतमा कुटनीतिक आचरसंहिता उल्लघंन भएको स्वीकार गदै मन्त्री ज्ञवालीले हिजो संक्रमणकालको नाममा त्यस्तो भएपनि आउने दिनमा त्यसलाई कडाइ गरिने बताए । ‘कुटनीतिक आचारसंहिता उल्लघंन गरी ऋण लिएको पाइएको छ । अब परराष्ट्र मन्त्रालयको सहभागिता र जानकारीबिना त्यस्तो काम गर्न कडाइ गरिने छ ’ उनले भने ।

उनले स्थानीय जनप्रतिनिधिहरुले विदेशी प्रतिनिधिसँगको भेटघाटलाई पनि कुटनीतिक आचारसंहिता भित्र रहेर गर्न सुझाए । परराष्ट्र मन्त्रालयले नयाँ आचारसंहिता बनाएको र त्यसलाई छिट्टै लागू पनि गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

पराष्ट्र नीतिको पछिल्लो अवस्था र बाह्य सम्वन्धबारेमा चर्चा गर्दै राष्ट्रिय हितलाई ध्यान दिएर पराष्ट्रनीति अपनाउन संविधानले नै स्पष्ट गरेकाले त्यो भन्दा बाहिर गएर सरकारले काम नगरेको बताए । देशको अखण्डता र शान्ति सुरक्षा कायम राख्न पराष्ट्र मन्त्रालयले भरपर्दाे कुटनीतिलाई आत्मसाथ गरेको बताएका छन् ।

सार्वभौमसत्ता भौगोलिक अखण्डता, संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलमा आधारित असंलग्नता र विश्व शान्तिको मान्यतामा स्वतन्त्र पराष्ट्र नीति अगाडि बढाउने संविधानले मार्ग निर्देशन गरे अनुरुपकै स्वतन्त्र पराष्ट्र नीति अवलम्वन गरेको बताए । 
‘कहिलेकाही विचलन देखिएपनि त्यसमा तल माथि हुन नदिन सरकार प्रतिबद्ध रहेको छ । पराष्ट्र नीति सफल पार्न सबैले आफ्नो ठाउँमा काम गर्नुपर्छ’ उनले भने ।  

मुलुकको विदेश सम्वन्धका प्रभाव पार्ने जिम्मेवार निकायले संविधानले अभिव्यक्त भावना, विदेश सम्वन्ध तथा कुटनीति आचारसंहिता पालना गर्नुपर्ने पनि ज्ञवालीले बताए । गणतन्त्र आएपछि विदेश नीति परिर्वतन गर्ने माग आएकोमा त्यो सकारात्मक रहेको जनाउँदै परराष्ट्र नीतिलाई समयानुकूल परिर्वतन पनि गर्ने काम भइरहकेको पनि बताए ।

छिमेकीसँग मैत्रीपूर्ण सम्वन्ध, विकास साझेदारसँग घनिष्ट सम्वन्ध र विकास संयुक्त राष्ट्रसँग सक्रिय भूमिका, तथा श्रम गन्तव्यसँगको सम्वन्धलाई मुख्य रुपमा वैदेशिक सम्वन्धलाई  अगाडि बढाउँदै लगिएको पनि उनले बताए । सन्तुलित र परस्पर लाभका  लागि सम्वन्धहरुलाई जोड दिएको र आन्तरिक मामलामा अहस्तक्षेपको मार्ग अवलम्वन गरिने ज्ञवालीको भनाइ थियो । 

दुईपक्षीय सम्वन्ध पनि पारर्दशी हिसावमा अगाडि बढेको ज्ञवालीको दाबी थियो । ‘विगतमा भएका सहमति र सम्झौतालाई समय अनुरुप कार्यान्वयन गर्न सहयोग पनि पुगिरहेको छ’, उनले भने, ‘आउने दिनमा रेलमार्ग जलमार्ग साथै  कृषिमा भएका साझेदारीलाई कार्यान्वयन गर्न अगाडि बढिरहेको छ ।’

चीनसँग भएका सम्झौता कार्यान्वयनमा लैजाने पनि उनले बताए । भारत र चीन भ्रमणले समृद्धिको योजनालाई अगाडि बढाउन सहयोग पुग्ने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.