ओलीको तस्बिरमा श्रीपेच लगाएर नेविसंघको जुलुस
काठमाडौः नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारविरुद्ध सोमवार माइतीघरमण्डलामा प्रर्दशन गरेका छन् ।
प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाह पथमा हिँडेको भन्दै नेविसंघले ओलको तस्बिरमा श्रीपेच लगाएर उनीहरुले प्रर्दशन गरेका थिए । नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा विरोध जुलस नारावाजी गर्दै माइतीघरमा कोणसभामा परिणत भएको थियो ।
महरले सरकार विधी र कानुनर्ला मिच्दै मनपरी गर्न थालेको भन्दै आन्दोलन जारी राख्ने बताए । महरले सरकारद्वारा घोषणा गरिएको निषेधित क्षेत्रविरुद्ध साउन १ गते वृहत्त प्रर्दशन गर्ने समेत जनाए ।