उपकुलपति रोकिएकोबारे शिक्षाले भन्योः अनुमति नलिइ विदेश जान पाइँदैन

उपकुलपति रोकिएकोबारे शिक्षाले भन्योः अनुमति नलिइ विदेश जान पाइँदैन

काठमाडौं: नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कूलप्रसाद कोइरालाले प्रक्रिया नमिलाइ क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन जान लागेपछि विमानास्थलबाट फर्काइएको शिक्षा मन्त्रालयले जनाएको छ । 

विमान चढ्नै लाग्दा अपमानजनकरुपमा विश्वविद्यालयको उपकुलपति जस्तो प्राज्ञिक व्यक्तिलार्इ फर्काइएको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध गरेपछि शिक्षा मन्त्रालयले सोमबार यस्तो प्रतिक्रिया दिएको हो । शिक्षामन्त्री विश्वविद्यालयको सह–कुलपति हुने व्यवस्था छ ।

सह–कुलपतिकै हैसियतमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विवादबारे सर्वसाधारणलार्इ स्पष्ट पारिदिन निर्देशन दिएपछि मन्त्रालयका प्रवक्ताले सोमबार विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा उपकुलपतिको भ्रमण सरकारद्वारा स्वीकृत नभएकोले आफूखुसी भ्रमणमा जान खोज्नु उचित नभएको जनाइएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमणमा जाँदा तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान रहे पनि कोइरालाले शिक्षा मन्त्रालयबाट अनुमति नलिएको र अनुमतिको लागि अनुरोध पनि नगरेको मन्त्रालयले दाबी गरेको छ ।

संस्कृत सम्मेलनमा भाग लिन जान लाग्दा कोइरालालार्इ शनिबार साँझ विमानास्थलबाट फर्काएर प्रहरीको गाडीमा राखी प्रधानमन्त्री कार्यालय पुर्याइएको थियो । प्रधानमन्त्रीकै निर्देशनमा अपराधीको शैलीमा बालुवाटारमा एक घण्टासम्म राखेर आफूलार्इ बिनाजानकारी घर फर्काइएको कोइरालाले आरोप लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.