राजा र राणाकै शैलीमा सरकार, संघीयता चाँडै ढल्छः चित्रबहादुर केसी

राजा र राणाकै शैलीमा सरकार, संघीयता चाँडै ढल्छः चित्रबहादुर केसी

घोराही: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान कम्युनिष्ट सरकार राणा, राजा र पञ्चायतको शैलीमा चलिरहेको बताएका छन । ‘राणा, राजा र पञ्चायत प्रवृत्ति अहिलेको सरकारमा देखिएका छ,’ उनले भने, ‘ओलीजीले पुरानै शैली रोज्नुभयो, बदल्न सक्नु भएन ।

तीनै शासकको प्रवृतिका कारण नेपालमा गणतन्त्र ल्याउनु परेको भन्दै उनले संघीयताको नाममा लोकतन्त्र, गणतन्त्र संकटमा परेको बताए । दाङमा सोमवार भएको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले यस्तो बताएका हुन । 

‘परिवर्तनले तीन चरणको चुनाव भयो, तर राणा र राजाको शासनको प्रवृत्ति अझै परिवर्तन हुन सकिरहको छैन,’ उनले भने, ‘उल्टै यो सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन । बलियो सरकार आएकाले छिमेकी देशहरुले पनि हेप्न सक्दैन भन्ने जनताको अपेक्षालाई सरकारले निराशामा बदलिसकेको छ ।’

अध्यक्ष केसीले संघीयता खारेजको विकल्प नभएको भन्दै नेपालमा ढिलो चाँडो संघीयता नरहने दाबी गरे । उनले संघीयताको नेपालमा आबश्यक नै नभएको बताए । ‘नेपालको अर्थतन्त्रले संघीयतालाई धान्नै सक्दैन’, उनले भने,  ‘आर्थिक अभावकै कारणले नेपालमा ढिलो चाँडो एक दिन संघीयता खारेज भएरै छाडने छ ।’

संघीयतामा पनि केन्द्रमै अधिकार थुपारिएको उनले बताए । ‘केन्द्रमा अधिकार थोरै हुनुपर्ने हो, स्थानीय अधिकार पनि उत्तिकै छ’, उनले भने ‘प्रदेश सरकारको आर्थिक भार त नेपालले थेग्नै सक्दैन ।’ संघीयताको नाममा नेपालको लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र जातीयताको विषयमा राजनीतिक खेल गर्ने थलो बनाइएको आरोप पनि लगाए ।  

नेताहरु पनि बन्दकोठामा संघीयता नटिक्ने निचोडमा पुगेको उनले बताए । ‘नेताहरुले आपसी छलफलमा संघीयता टिक्दैन भन्छन्’, उनले भने, ‘जनतासामू संघीयताको विषयमा ठुला कुरा गर्छन्, अनि राजनीति गर्ने खेल बनाएका छन् ।‘

बलियो सरकार भए पनि महँगी नियन्त्रणमा असफल भएको उनले बताए । ‘बलिायो सरकारले महंगी नियन्त्रण गर्नुपथ्र्यो, भ्रष्टचारीलाई कार्बाही गर्नुपथ्र्यो,’ उनले भने ‘तर सरकारले त्यसो गर्न सकेन ।’  कम्युनिष्ट सरकार आउँदा पनि भ्रष्टचारमा कमी नआएको अनि महंगी पनि बढ्दै गएको उनले बताए । त्यसकारण पनि जनताको आशा अपेक्षा अनुसारको काम यो सरकारले गर्न नसकेको केसीले बताए ।  

‘कम्युनिष्ट सरकार आइसकेपछि पनि केही फेरबदल गर्न सकेन’, उनले भने, ‘सरकारको कामको मूल्याकंन गर्दा हिजोको सरकार जुन नीतिमा हिँडेको थियो, आज पनि त्यही नीतिमा हिँडिरहेको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.