इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नुअघि क्रोएसियाका प्रशिक्षकको यस्तो भनार्इ
सेमिफाइनलमा हामीले प्रतिद्वन्द्वीका रूपमा इङ्ल्यान्डलाई पाएका छौं । सन् १९६६ को उपाधि विजेता इङ्ल्यान्ड अहिले निकै लयमा देखिएको छ । त्यसैले विश्वभरका थुप्रै फुटबलप्रेमी हामीलाई हराउँदै इङ्ल्यान्ड नै सेमिफाइनलमा पुग्ने आकलन गरिरहेका छन् । पक्कै इङ्ल्यान्ड विश्व फुटबलमा स्थापित नाम हो र बुधबार खेलिने सेमिफाइनलमा हाम्रा लागि बलियो प्रतिद्वन्द्वी पनि हो । तर, जारी विश्वकपमा हामी पनि कमजोर छैनौं ।
समूहगत चरणमा समेत हामीले तीनवटै खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेका थियौं । तर, समूहगत चरणमा इङ्ल्यान्डलाई बेल्जियमले हराइसकेको छ । नकआउट चरणमा पनि इङ्ल्यान्ड र हाम्रो टोलीको खेलमा खासै ठूलो अन्तर देखिँदैन । प्रतिद्वन्द्वी बलियो परेकाले हामीले तयारी पनि सोहीअनुरूप गरेका छौं । इङ्ल्यान्डको खेल्ने शैलीको पनि हामीले राम्रो विश्लेषण गरेका छौं । त्यसैले सेमिफाइनल खेलमा हामी जितप्रति आशावादी छौं । कसैले हामीलाई कमजोर आँक्ने प्रयास नगरे हुन्छ ।
-ज्लाट्को डालिच, क्रोएसियाका प्रशिक्षक