अाफूबाट छोरा नजन्मिएको र श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या
बाग्लुङ : आफूबाट छोरा नजन्मिएपछि श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले आत्हत्या गरेकी छिन् । पटकपटक श्रीमानलाई दोस्रो विवाह गर्न उक्साउने गरेपनि श्रीमान्ले दोस्रो विवाह नगरेको भन्दै आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।
बडीगाड गाउँपालिका –९, निवासी डिल बहादुर मल्लकी ४३ वर्षीय श्रीमती गीता मल्लले गएराति झुण्डिएर आत्माहत्या गरेकी हुन् । श्रीमान्लाई सुताएर टिभी हेर्न गएकी मल्ल झुण्डिएको आफ्ना श्रीमान्ले तीन बजेमात्र थाहा पाए । लगत्तै सबैजना जम्मा भएर ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए ।
उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को विवाह गर्न अनुरोध गरेकी छिन् । आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि बुबालाई अर्को विवाह गर्न सहयोग गर्न सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।