वर्षाले जापानी प्रधानमन्त्रीको भ्रमण स्थगित

वर्षाले जापानी प्रधानमन्त्रीको भ्रमण स्थगित

तोक्यो : जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण स्थगित गरेका छन्। उनले बुधबारदेखि बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट भ्रमण गर्ने कार्यक्रम थियो।

जापानमा बाढी र पहिरोको प्रकोप जारी रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले आफ्नो भ्रमण स्थगित गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री आबेले सोमबार पनि जापानी अधिकारीहरूलाई बाढी र पहिरोको प्रकोप न्यूनीकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीलाई आदेश दिएका छन्।

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्म १ सयजनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ। क्यूशू र शिकोकू द्वीपमा सोमबार आपत्काल घोषणा गरिएको छ। १३ जना बेपत्ता भएको सरकारले बताएको छ।

उद्धार कार्यमा ४० भन्दा बढी हेलिकोप्टर प्रयोग भइरहेको छ। अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ। पहिरोमा परी धेरैको ज्यान गएको छ। केही दिनयताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन्। सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका ठाउँबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन्।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सैनिक तथा प्रहरी परिचालन गरिएको छ। जापानको क्योदो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ। राजधानी तोक्योदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ। हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.