पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफका ज्वाइँ गिरफ्तार

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफका ज्वाइँ गिरफ्तार

नयाँ दिल्ली : पाकिस्तान सरकारले भ्रष्टाचार आरोपमा पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफका ज्वाइँ क्याप्टेन मोहम्मद सफदरलाई पक्राउ गरेको छ। पनामा पेपर्सले खुलासा गरेको भ्रष्टाचारमा संलग्न एभियन फील्ड करप्शनमा उनलाई एक वर्षको सजाय सुनाइएको छ।

पक्राउ पर्नुअघि उनले रावलपिण्डीमा विशाल प्रदर्शन गरेका थिए। पीएमएल नवाज पार्टीका कार्यकर्ताले सफदरलाई पक्राउ गर्न आएका प्रहरीलाई रोक्ने कोसिस गरेका थिए। उनलाई पक्राउ गरिएपछि पनि कैयौं कार्यकर्ता प्रहरीको गाडी अगाडि सुतेर बाटो बन्द गरेका थिए। 

उक्त भ्रष्टाचार आरोपमा नवाज शरीफलाई १० वर्ष र उनकी छोरी मरीयमलाई ७ वर्षको जेल सजाय सुनाइएको छ। शरीफ र उनकी छोरी मरीयम हाल लन्डनमा बस्दै आएका छन्। आगामी शुक्रवार उनीहरू पाकिस्तान फर्कने अनुमान छ। शरीफले आफू सजायबाट नभाग्ने र छिटै पाकिस्तान फर्कने बताएका छन्।

 हदालतको आदेशलगत्तै उनले लन्डनमा पत्रकार सम्मेलन गरेका थिए। उनले भनेका थिए, ‘म चोर होइन, छिटै पाकिस्तान फर्कनेछु र जेलबाटै संघर्ष गर्नेछु।’ शरीफ र उनका तीन सन्तानका विरुद्ध भ्रष्टाचार आरोपमा पाकिस्तानी अदालतमा चारवटा मुद्दा चलिरहेका छन्। पनामा पेपरको खुलासालाई लिएर गत वर्ष सर्वोच्च अदालतले प्रधानमन्त्री शरीफलाई पदमा रहन अयोग्य भएको भन्दै पदमुक्त गर्न आदेश दिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.