निजी लगानीमा आाधुनिक अस्पताल

निजी लगानीमा आाधुनिक अस्पताल

धनगढी : प्रदेश ७ को अस्थायी राजधानी तोकिएपछि धनगढीमा निजी लगानीका सुविधा सम्पन्न अस्पताल खुल्न थालेका छन् । प्रदेशभरिको रेफरल अस्पताल सेती अञ्चल अस्पतालको स्तरोन्नति हुने छाँटकाँट नदेखिएपछि निजी लगानीकर्ताले अस्पतालमा सम्भावना देखेका हुन् ।

धनगढीको हसनपुरमा २५ शैड्ढयाको निसर्ग मल्टिस्पेसियालिटी अस्पताल सञ्चालनमा आएको छ । पाँच करोडको लगानीमा सञ्चालनमा आएको अस्पतालमा सघन उपचार कक्ष (आईसीयू), नवजात सिसु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), कृत्रिम स्वासप्रस्वास प्रणाली (भेन्टिलेटर) सहितका सेवा रहेको अस्पतालले जनाएको छ ।

‘आधुनिक शल्यक्रिया कक्ष, उच्चतम प्रविधिसहित प्रयोगशाला, हाडजोर्नी विभाग, दुरबिन प्रविधिबाट सर्जरी, जनरल सर्जरी, बालरोगसहित विशेषज्ञ सेवा सञ्चालनमा आएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।

धनगढीकै चटकपुरमा अर्को सुविधा सम्पन्न माया मेट्रो अस्पताल पनि सञ्चालनको तयारीमा छ । उसले उपकरण जडानको काम गरिरहेको छ भने जनशक्ति भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

बिरामीका लागि वातानुकुलित क्याबिनसहित सुविधा सम्पन्न अस्पतालमा १० करोडको लगानी भइरहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए । माया मेट्रो अस्पतालमा पनि आईसीयू, एनआईसीयू सेवा उपलब्ध हुनेछ ।

‘प्रदेशको राजधानीमा सरकारी अस्पतालको सेवा प्रभावकारी छैन, धेरै नेपाली भारतका सीमा क्षेत्रमा गइरहेका छन्, यस्ता अस्पतालले भारत जाने बिरामीलाई रोक्नेछ’, अध्यक्ष साउदले भने ।

उनले अस्पतालले इन्डोस्कोपी, कोलोनोस्कोपी, क्यान्सर स्क्रिनिङ र सिटी स्क्यानलगायत सेवा दिने योजना अस्पतालको छ । नेपालका विभिन्न मेडिकल कलेज र अस्पतालमा लामो समयदेखि काम गर्दै आएका अनुभवी तथा विशेषज्ञ चिकित्सकले व्यवसायीसँगको सहकार्यमा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।

निकट भविष्यमै सञ्चालन हुने गेटा मेडिकल कलेजमा लगानीको वातावरण बनेको सञ्चालकहरूले बताएका छन् । २०७६ सालबाट एमबीबीएस पढाई हुने गरी कैलालीको गेटामा सरकारी लगानीको मेडिकल कलेज निर्माण भइरहेको छ । कलेज भवन र अस्पताल भवनको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेकाले निजी लगानीकर्ताले स्वास्थ्य क्षेत्रमा धनगढीमा भविष्य देखेका हुन् ।

बिरामीको चाप र अनुसन्धानको अवसर धेरै भएकाले स्वास्थ्य सेवा दिन चिकित्सक आउन थालेको हसनुरस्थित निसर्ग अस्पतालका सञ्चालकमध्येका कुवेरबहादुर शाहीले बताए । ‘सेतीअञ्चल अस्पतालमा प्रदेश ७ का ९ वटै जिल्लाका बिरामी आउँछन्, तर अस्पताल पुग्नेवित्तिकै रेफर हुन्छन्, त्यस मध्येका धेरैजना नजिक पर्ने भएकाले भारतको लखनउ, बरेली, पिलिभीततिर जान बाध्य छन्’ शाहीले भने ।

दुई महिनाअघि निजी क्षेत्रबाट डाइलाइसिस सेवा दिने गरी अस्पताल लाइनमा नोभा अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा पेट, छाती, मुटु, हाडजोर्नी, नाक, कानलगायतको स्वास्थ्यउपचार सेवा दिने गरी दुई करोडको लगानी गरिएको छ । १५ शैयाको अस्पतालले डायलाइसिसलाई बढी प्राथमिकता दिने अस्पतालकी सञ्चालक अनिता पन्तले बताइन् ।

यसअघि धनगढीमा निजी क्षेत्रको सिपी अस्पताल, कैलाली अस्पताल, नवबुद्ध अस्पतालमाझ नोभा अस्पताल र पद्मा अस्पतालले सेवा दिँदै आएका छन् । तर अहिले खुलेका अस्पतालले विषेशज्ञ सेवा दिने बताएका छन् ।

सरकारी लगानीको सेतीअञ्चल अस्पतालमा २०४० मै तोकिएका दरबन्दीमा पनि १३ जनाचिकित्सकहरूको दरबन्दी खाली छ । मुटुरोग विषेषज्ञको त ढाई वर्षदेखि दरबन्दीका डाक्टर नै आएका छैनन् । जनसंख्याका हिसाबले प्रदेश ७ का नौ जिल्लामध्ये आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा बसोबास गर्ने भएकाले पनि निजी अस्पतालका लगानीकर्ताले सम्भावना देखेका हुन् । पछिल्लो जनगणनाअनुसार २५ लाखमध्ये झन्डै १३ लाख जनसंख्या तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै रहेकाले धनगढीमा स्वास्थ्य उपचारको सम्भावना बढी देखिएको हो ।

अहिलेसम्म धनगढीमा सरकारी र निजी लगानीको एनआईसीयु र पीआईसीयू छैन । ट्रमा सेन्टर नभएकाले पनि दुर्घटनाका घाइतेलाई भारतको लखनउ वा हल्द्वानी लैजाने गरिएको छ ।

क्याप्सन ः शनिबारदेखि सञ्चालनमा आएको निसर्ग अस्पताल र सञ्चालनको तयारीमा रहेको माया मेट्रो अस्पताल ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.