फिफा विश्वकप: क्रोएसियालाई झट्का, सिमेले इङ्ग्ल्यान्डविरुद्ध नखेल्ने
मस्को: इङ्ग्ल्यान्डविरुद्धको विश्व कप सेमिफाइनल खेल भन्दा पहिले क्रोएसियालाई सोमवार दह्रो झट्का लागेको छ। उसका राइट ब्याक सिमे वार्सल्को घुँडाको चोटका कारण मंगलबार राति हुने इङ्ल्यान्डविरुद्धको खेलबाट बाहिरिएका छन् ।
क्रोएसियाको तर्फबाट ३९ खेल खेलेका वार्सल्कोलाई क्वार्टर फाइनलमा रूसविरुद्धको खेलमा क्रममा चोट लागेको थियो । उनले ७९ मिनेटमा मैदान छाडेका थिए । क्रोएसिया यो खेलमा पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।
‘द सन’ को रिपोर्ट अनुसार एट्लेटिको मड्रिडको तर्फबाट खेल्दै आएका वार्सल्को खेलबाट बाहिरिइसकेका छन् । यो कुरा इङ्ग्ल्यान्डका लागि राम्रो खबर बनेको छ । यसअघि उनले सबै म्याचमा क्रोएसियाबाट खेलेका थिए ।
क्रोएसियका प्रशिक्षक जलाटको डालिचले उनको स्थानमा दोमागोज विदालाई राइट ब्याकमा राख्न सक्नेछन् ।
इङ्ग्ल्यान्ड पनि मिडफिल्डर जोर्डन हेन्डर्सनको फिटनेसलाई लिएर तनावमा छ । स्विडेनविरुद्ध २-० की जीतका क्रममा उनको मांसपेशी तन्किएको थियो । उनी ८५ औँ मिनेटमा मैदानबाट निस्केका थिए । तर उनले सेमिफाइनल खेल्ने विश्वास इङ्ग्ल्यान्डका प्रशिक्षकले गरेका छन् ।