गुफामा फसेका किशोरहरुलाई विश्वकप फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

गुफामा फसेका किशोरहरुलाई विश्वकप फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

मस्को : विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफ्यानटिनोले थाइल्यान्डको गुफाबाट पुनर्जन्म पाएका किशोररहरुलाई विश्वकप फुटबलको फाइनल खेल हेर्न निम्तो पठाएका छन् । गुफामा फसेर बाँचेका किशोरहरुको फुटबल टिमलाई विश्वकप फुटबलको फाइनल हेर्ने निम्तो फिफा अध्यक्षले पठाएका हुन् । 

इनफ्यानटिनोले भनेका छन्, 'मलाई विश्वास छ, दुई साता पहिले गुफामा बाढीको पानीले फसेका  ‘वाइल्ड बोअर्स ’ टिमका सबै खेलाडीलाई बचाइनेछ । उनीहरु गुफाबाट निस्केर १५ जुलाईमा मस्कोमा हुने विश्वकपको फाइनल हेर्न उपस्थि हुन सक्नेछन् ।'

इनफ्यानटिनोले थाइल्यान्ड फुटबल संघका प्रमुखलाई पठाएको पत्रमा लेखेका छन्, 'हामीलाई आशा छ, उनीहरु चाँडै परिवारसँग मिल्नेछन् । यदि उनीहरुलाई स्वास्थ्यले साथ दिएमा र यात्रा अनुमति पाएमा उनीहरुलाई विश्वकप फुटबलको फाइलनमा पाहुनका रुपमा स्वागत गर्न म आतुर छु ।'

उनले गुफाबाट निस्केका किशोरहरुसँग फाइनल खेल हेर्न पाए त्यो अर्को उत्सव हुने बताएका छन् । 'मलाई आशा छ, फाइनल खेलमा हामीसँगै उनीहरु हुनेछन् । जुन नि:संदेह उत्सव मनाउने एउटा अद्भुद क्षण हुनेछ ।’ थाईल्यान्डका ११ देखि १६ वर्षसम्मका फुटबल खेलाडी २३ जुनदेखि आफ्ना प्रशिक्षकसँगै १० किलोमिटर लामो अध्याँरो गुफामा फसेका छन् । जसमध्ये नौजनालाई सोमबारसम्ममा बाहिर निकालिसकिएको छ । 

वेपत्ता भएको १० दिनपछि गुफाको साढे ४ किलोमिटर भित्र उनीहरुलाई गोताखोरको टोलीले पत्ता लगाएको थियो । भेटिएका किशोरहरुको भिडियो सार्वजनिक गरिएपछि उनीहरुको परिवार पनि खुसी भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.