केसीको माग हुबहु सम्बोधन हुन सक्दैन: गुरुङ
भक्तपुरः नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले गोविन्द केसीले उठाएका माग हुबहु पुरा गर्नुपर्ने कुरा गलत भएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही जायज माग सम्बोधन भएपनि केसीले भने जस्तो हुबहु सम्बोधन नहुने उल्लेख गरे । उनले अहिलेको समस्यालाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्नेमा जोड दिए ।
चिकित्सा विधेयकबारे जुम्लामा अनसनरत केसीको स्वास्थ्योपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहे पनि केसीले नै नमानेका बताउँदै उनको स्वास्थ्यमा सरकार पनि गम्भीर रहेको बताए ।
जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहे पनि विरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उनले बताए । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको उनले बताए ।
सरकारलाई नटेर्दा रोकियो
संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला सरकारको स्वीकृतिबिना नै क्यानडा जान लागेकाले उनलाई रोकिएको गुरुङले बताए । कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने भन्दै बिनास्विकृति विदेश भ्रमणमा जान लागेकाले रोक लगाएको उनले जिकिर गरे ।