त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

नुवाकोटः यहाँस्थित २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । जलविद्युत् केन्द्रमा आगलागी भएपछि जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको स्थानीयबासी उपेन्द्र मिश्रले जानकारी दिएका छन् । 

आगो लागेपछि नियन्त्रणमा लिने प्रयास भइरहे पनि अवस्था नियन्त्रण बाहिर रहेको बताइएको छ । दमकल लान समस्याा भएपछि आगोलाई ग्यासको प्रयोग गरेर निभाउने कोशिश भइरहेको छ। 

गत वर्ष पनि यही जलविद्युत् आयोजना आयोजनामा मुसाले तार काटेपछि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त कुँवरका अनुसार मंगलबार जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.