त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा एक करोड बढीको क्षति

त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा एक करोड बढीको क्षति

नुवाकोटः २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ। 

मंगलबार दिउँसो जलविद्युत् केन्द्रको उपकरणमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए।
आगलागी भएपछि जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको छ। राष्ट्रिय प्रशारण केन्द्रमा विद्युत प्रवाह गर्ने उपकरण जल्दा ठूलो क्षति भएको भट्टको भनाइ छ। उक्त उपकरणको विल्पक खोजी भइरहेको उनले जानकारी दिए।

साढे एक बजे लागेको आगोलाई दमकल लान नसक्दा ग्यासको प्रयोग गरेर निभाइएको हो। अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। 

४० वर्ष पुरानो जलविद्युत आयोजनामा गत वर्ष पनि  मुसाले तार काटेपछि आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त कुँवरका अनुसार मंगलबार जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.