थाइल्यान्डको गुफामा फसेका सबै १३ जनालाई सकुशल निकालियो

थाइल्यान्डको गुफामा फसेका सबै १३ जनालाई सकुशल निकालियो

बैंककः थाइल्यान्डको एउटा गुफामा फसेका सबै १३ जनाको उद्धारकार्य १७ दिनपछि टुंगिएको छ । मंगलबार बाँकी रहेका ३ किशोर फुटबलर र एक प्रशिक्षकलाई सकुशल निकालिएपछि १७ दिनदेखिको तनावको नाटकीय अन्त्य भएको हो ।

एउटा विशाल गुफामा थुनिएका एकजना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीमध्ये पाँच बालकलाई सोमबार बाहिर निकालिएको थियो । यसअघि गत आइतवार चारजना बालकलाई पहिलो लटमा बाहिर निकालिएको थियो ।

 थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा जुन २३ तारिखदेखि थुनिएकाहरुलाई बाहिर निकाल्ने काम मंगलबार टुंगिएको हो । स्थानीय समय अनुसार मंगलबार अपरान्ह तीन खेलाडी र प्रशिक्षकलाई गुफाबाट बाहिर निकालिएको हो । दिनभरीको प्रयासपछि गोताखोरहरुको टोलीले उनीहरूलाई बाहिर निकालेर उद्धार अभियानको नाटकीय अन्त्य गरेका हुन् ।

१० किलोमिटर लामो गुफाभरी पानी भरिएकाले किशोरहरु र प्रशिक्षकलाई निकाल्न करिब ४ महिना लाग्ने थाई सेनाले बताएको थियो । तर विश्वभरका उद्धारकर्मी केन्द्रित भएर यसलाई १७ दिनमै टुंगोमा पुर्याएका हुन् ।

बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी सुरु भए पनि दशौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो । 

अत्यन्त कठिन र चुनौतीपूर्ण उद्धारकार्यकका क्रममा एकजना उद्धारकर्मीले ज्यानै गुमाएका थिए । उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको थियो । उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको थियो ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको थियो । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको थियो । 

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको थियो । यिनै चिम्नीहरुबाट सबै १३ जनालाई निकालिएको हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.