पोखरा–केरुङ सीधा यातायात
पोखरा : पोखराका पर्यटन व्यवसायीले उत्तर छिमेकी चीनबाट पर्यटक भित्र्याउन पोखराबाट केरुङ नाकासम्म यातायात सेवा सञ्चालन गर्ने भएका छन् । पोखराबाट २ सय ६० किलोमिटर दूरीको नेपाल चीन नाका रसुवागढीसम्म सवारी सधान चलाएर चिनियाँ पर्यटक ल्याउने पर्यटन यातायात समिति पोखराका अध्यक्ष बोबरजंग गुरुङले बताए ।
केरुङ नाकाबाट चिनिया पर्यटक भित्यारउन सम्भावनाको अध्यनका क्रममा पोखराका पर्यटन व्यवसायी रसुवागढीसम्म पुगेर तत्कालै जिप, स्कोरपियोजस्ता सुविधासम्पन्न साना सवारीसाधन चलाउने निर्णयमा पुगेका हुन् । चीन नेपाल जोड्ने सबैभन्दा छोटो रसुवागढी नाकाबाट चिनिया पर्यटक पोखरासम्म भिœयाउन चीनमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम पनि गरिने पर्यटन यातायात समिति पोखराका अध्यक्ष गुरुङले बताए ।
रसुवागढी नाका खुलेसँगै रसुवा, नुवाकोटमा आन्तरिक पर्यटकका चिनियाँ पर्यटकको आगमन बढेको रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताए । रसुवाको धुन्चेमा भएको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै लामिछानेले रसुवागढी नाका नेपालकै पर्यटन विकाका लागि कोसेढुंगा रहेकाले पोखराका पर्यटन रसुवा, नुवाकोट र पोखराको पर्यटन विकासमा सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।
गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले रसुवागढी नाकासम्मका साँघुरा सडकको ४ करोड ५० लाख रुपैयाँमा सडकको स्तरोन्नतिको काम भइरहेको बताए । धार्मिक पर्यटकको आकर्षणको केन्द्र गोसाइँकुण्ड, तमाङ संस्कृति र प्राकृतिक विविधताको धनी रसुवामा चीन जोड्ने अन्तर्राष्ट्रिय नाका खोलेपछि नेपालकै पर्यटन विकासको ढोका खोलिएको उनले बताए ।
चिनियाँ पर्यटकको साथै आन्तरिक पर्यटनको विकासका लागि रसुवा, नुवाकोट र पोखराका पर्यटन व्यवसायी सहकार्य गरेर अघि बढ्नुपर्ने पोखरा यातायात समितिका महासचिव नवराज अधिकारीले बताए । पोखरामा रहेर पर्यटन व्यवसाय गरिरहेका चिनियाँ पर्यटन व्यवसायी पनि यो नाका खोलेसँगै चिनियाँ पर्यटक भिœयाउन उत्साहित भएका छन् । केरुङ नाकाबाट चिनिया पर्यटन भिœयाउन नेपाल पर्यटन बोर्डले थप प्रवद्र्धनात्मक कार्य गर्न नेपाल पर्यटन बोड पोखराका प्रमुख सूर्य थपलियाले बताए ।
केरुङ नाका खुलेसँगै अफसिजन मानिएका असार, साउन, भदै महिना चिनियाँ पर्यटकले भरिभराउ हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ । नेपाल चीन जोड्ने केरुङ नाका नयाँ भएकोले चीनमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्नु पर्ने पोखरा पर्यटन परिषद्का सचिव नवराज अधिकारीले बताए । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि घटेको चिनियाँ पर्यटकको आगमन अझै पनि पहिलेकै अवस्थामा फर्कन सकेको छैन । यसैले चिनिया पर्यटक भित्रयाउन नयाँ उपाय खोजीमा पोखराका पर्यटन व्यवसायी लागेका हुन् ।