क्रोएसियाका डिफेन्डर सिमेले सेमिफाइनल गुमाउने

क्रोएसियाका डिफेन्डर सिमेले सेमिफाइनल गुमाउने

मस्को : जारी विश्वकपमा क्रोएसियाले बुधबार राति पूर्वविजेता इङ्ल्यान्डको सामना गर्दैछ । लुजनिकी स्टेडियममा हुने सेमिफाइनलअघि क्रोएसियाली टोली दबाबमा परेको छ । क्रोएसियाका डिफेन्डर सिमे वार्सल्कोले सेमिफाइनल खेल्न नसक्ने भएका छन् । रुसविरुद्धको क्वार्टरफाइनल खेलमा घुँडामा चोट बोकेका सिमेको चोट गम्भीर रहेकाले सेमिफाइनल खेल गुमाउने समाचारमा जनाइएको छ ।

क्रोएसियाका लागि ३९ खेल खेलिसकेका सिमे क्वार्टरफाइनलमा घुँडामा चोट बोक्दै ९७औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । विश्वकपको सबै खेल खेलेका सिमेको स्थानमा प्रशिक्षक ज्लाटको डालिचले भेट्रान डिफेन्डर भेड्रान कोर्लुकालाई खेलाउन सक्ने जनाइएको छ । कोर्लुका सेन्टर ब्याक भएकाले सिमेको भूमिकामा भने प्रशिक्षक डालिचले डोमागोज भिदालाई उतार्ने सम्भावना रहेको छ ।

एट्लेटिको म्याड्रिडका डिफेन्डर सिमे पूर्ण रूपमा ठीक हुन कम्तीमा एक महिना लाग्ने भएकाले उनले क्रोएसिया फाइनल पुगेमा त्यो खेल पनि गुमाउन सक्ने प्रशिक्षक डालिचले बताए । सिमेले आफू विश्वकपबाट बाहिरिए पनि टोलीले आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘सेमिफाइनलअघि पक्कै पनि हामी दबाबमा छौं । हामीले इङ्ल्यान्डका हरेक खेल नियालिरहेका छौं । इङ्ल्यान्ड अहिले उत्कृष्ट लयमा छ । युवा टोलीमाथि कुनै पनि दबाब छ जस्तो मलाई लाग्दैन’, सिमेले भनेका छन् ‘तर, क्रोएसियाले पनि राम्रो फुटबल खेलेको छ । इङ्लिस खेलाडीलाई कसरी रोक्ने भन्ने सूत्र प्रशिक्षक डालिचसँग छ ।’

क्रोएसियाले प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनल खेल पेनाल्टी सुटआउटमा जितेको थियो । डेनमार्कसँगको प्रिक्वार्टरफाइनल खेल निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको खेलमा १–१ गोलको बराबरी खेल्दै पेनाल्टीमा ३–२ ले विजयी भएको थियो । यसैगरी क्वार्टरफाइनलमा पनि आयोजक रुससँग निर्धारित र त्यसपछि थपिएको समयमा २–२ गोलको बराबरी खेल्दै पेनाल्टीमा ४–३ ले विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.