विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

लुका मोड्रिच (क्रोएसिया)

टोलीका कप्तानसमेत रहेका लुका मोड्रिच जारी विश्वकप फुटबलमा क्रोएसियाका महत्वपूर्ण खेलाडी हुन् । उनकै उपस्थितिमा क्रोएसिया जारी विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा उत्कृष्ट मिडफिल्डर रहेको टोली बन्न पुगेको छ । एकभन्दा बढी भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले मात्र होइन, अनुभवका आधारमा पनि उनी जारी विश्वकपमा क्रोएसियाली टोलीको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिचसँग नियमित रूपमा ठूला प्रतियोगिता खेलेको प्रशस्त अनुभव छ । यसैगरी ठूला प्रतियोगिताहरूमा टोलीको जितमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमता पनि उनीसँग छ । उनी मिडफिल्डमा रक्षात्मक वा आक्रामक दुवै भूमिकामा जम्न सक्ने खेलाडी हुन् । उनी त्यहीबाट आफ्ना स्ट्राइकरलाई अवसर सिर्जना गराउन पनि खप्पिस छन् ।

यसैगरी उनी आफैं गोल गर्न पनि सक्षम देखिन्छन् । अर्को विशेषता भनेको उनी जस्तोसुकै दबाबलाई पनि चिर्न सक्ने क्षमता भएका खेलाडी हुन् । जारी प्रतियोगितामा उनकै गोलको मद्दतले क्रोएसियाले समूहगत चरणको खेलमा बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो । क्रोएसियाली टोली नाइजेरियाविरुद्ध २–० ले विजयी हुँदा पनि उनले पेनाल्टीमा एक गोल गरेका थिए । त्यसैले क्रोएसियाले जारी विश्वकपमा अर्को जितसहित उपाधिको योजना बनाउँदा त्यसमा कप्तान र टोलीका मुख्य खेलाडीको हैसियतले मोड्रिचले महत्वपूर्ण योगदान पु¥याउने अनुमान गरिएको छ ।

हेरी केन (इङ्ल्यान्ड)

कप्तान र टोलीका मुख्य स्ट्राइकरसमेत रहेका हेरी केन इङ्ल्यान्डका मुख्य खेलाडी हुन् । उनले जारी विश्वकपको क्वार्टरफाइनल चरण्को खेलसम्म त्यो भूमिका सफलतापूर्वक निर्वाह पनि गर्दै आएका छन् । उनको अनुपस्थितिमा इङ्ल्यान्डले समूहगत चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० गोलको पराजय बेहोरेको थियो । त्यसबाहेक उनले खेलेको चारमध्ये सबै खेलमा इङ्ल्यान्डलाई विजयी बनाएका छन् ।

जारी विश्वकपमा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहँदै गोेल्डेन बुटको मुख्य दाबेदार खेलाडीसमेत बनेका छन् । उनले हालसम्म चार खेलबाट ६ गोल गरेका छन् । उनीभन्दा पछाडि रहेका बेल्जियमका रोमेलु लुकाकूले भने चार गोल गरेका छन् । प्रतियोगिताको बाँकी खेलमा टोलीलाई जिततर्फ अग्रसर गराउँदा उनी इङ्ल्यान्डलाई ५८ वर्षपछि उपाधि दिलाउने मात्र होइन, आफैं पनि प्रतियोगिताको सर्वाधिक गोलकर्ताको हैसियतमा गोल्डेन बुट जित्ने अभियानमा रहनेछन् ।

आफ्नो पहिलो विश्वकपमै टोलीको कप्तानी गर्ने अवसर पाएका २४ वर्षीय केनका लागि यो आफ्नो देशलाई लामो समयपछि विश्वकपको उपाधि दिलाउने सुनौती अवसर पनि हो । त्यसैले पनि उनले यो अवसरको सही सदुपयोग गर्न बाँकी रहेका दुई महत्वपूर्ण खेलमा पक्कै सशक्त प्रदर्शन गर्ने विश्वास गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.