नेकपाको बैठक बालुवाटारमा जारी
काठमाडौं : नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । । बैठकमा पार्टीको नियमावलीमाथि छलफल भइरहेको छ ।
बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमाथि बुधबार टुङ्गो लगाउने नेकपाको तयारी छ। पार्टीको विधान तथा नियमावली बनाउन महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्धय बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन भएको थियो । कार्यदलले अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहाललार्इ बुझाएकाे थियाे ।