बालुवामा पनि बिचौलिया हाबी

बालुवामा पनि बिचौलिया हाबी

धादिङ : गत साता काठमाडौं वनस्थलीमा घर बनाउन धादिङ नलाङका राजन पण्डितले एक टिपर बालुवा चालकमार्फत मगाए। उनले मगाएकै दिन बालुवा वनस्थली पुग्यो। ‘बालुवा कहाँबाट ल्याए थाहा भएन, तर १ टिपर बालुवाको मैले ३२ हजार तिरें’, पण्डित भने, ‘घर बनाउन थालेको तीन महिना भयो। यस अवधिमा बालुवाको २८ हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म तिर्ने गरेको छु।’

काठमाडौंका उपभोक्ताले खरिद गर्दा एक टिपरको ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने बालुवा धादिङको नदी किनारमा मजदूरले चाहिँ १ टिपरको ७ हजार रुपैयाँका दरले बेच्छन्। मजदुरदेखि उपभोक्तासम्म पुग्दा विभिन्न तहका बिचौलियाका कारण बालुवाको भाउ उपभोक्ताको ढाड सेकिने गरी बढ्ने गरेको छ। ज्यान जोखिममा राखेर मदजुरी गर्नेहरूको पनि श्रमशोषण भइरहेको छ।

अवैध रूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र (फिरफिरे) बन्द भएसँगै धादिङको बालुवामा बिचौलिया सक्रिय भएका हुन्। बिचौलियाले भने दिनभर मजदुरले हातले निकालेको बालुवा देखाएर रातभर नदीमा मेसिन लगाउने गरेका छन्।

असार २२ गते राति गल्छीस्थित जिन्टेबगरमा त्रिशूलीमा मेसिन लगाइरहेको वडाध्यक्ष राजु अधिकारीको सूचनाका आधारमा प्रहरीले तीनवटा टिपर र एउटा एस्काभेटर नियन्त्रणमा लिएको थियो। प्रहरीले नदी किनारबाट तीनवटा बालुवा भरिएको टिपर, केही थान भ्याट बिल र एउटा एस्काभेटर नियन्त्रणमा लिएको थियो। प्रहरी आएको थाहा पाएर चालक भने भागेको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए।

नियन्त्रणमा लिइएको एस्काभेटर र टिपरको दाबी गर्न कोही पनि नआएकाले मुचुल्का उठाएर जिल्ला पठाइने तयारी गरिरहेको उनको भनाइ छ। एस्काभेटर नियन्त्रणमा लिएको ठाउँनजिकै गल्छीकै स्थानीय विनोद कार्की र अनिल श्रेष्ठको क्रसर र बालुवा उद्योग छ।

बिचौलियाले नदीबाट बालुवा निकाल्ने मजदुरलाई डर देखाई एक टिपर बालुवाको ७ हजार दिएर १२ हजारमा भ्याट बिल काटी ५ हजार रुपैयाँ छुट्टै लिएर प्रतिट्रिप १७ हजारमा बालुवा बिक्री गर्दै आएका छन्। १२ हजार रुपैयाँको भ्याट बिल काटिए पनि आफ्नो जग्गाको बाटो प्रयोग गरेबापत भन्दै टोले मुन्द्रेले थप ५ हजार लिएर १७ हजारमा बालुवा बिक्री गर्ने गरेका छन्। गल्छीमा १७ हजार पर्ने बालुवामा मूल्य काठमाडौं पुग्दा ३५ हजार रुपैयाँसम्म पर्छ।

बालुवाको भाउ आकासियपछि गल्छी गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला समन्वय समितिसँग समन्वय गरी मजदुरले निकालेको बालुवाको प्रतिटिपर १२ हजार रुपैयाँभन्दा बढीमा उपभोक्तालाई बेच्न नपाइने नियम बनाएको गल्छी गाउँपालिकाप प्रमुख कृष्णहरि श्रेष्ठले बताए। ‘बिचौलिया हाबी भएको र मजदुर मर्कामा परेको गुनासो आएपछि हामीले प्रहरी नै परिचालन गरेर नियन्त्रण गर्न लागिपरेका छौं’, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले भने।

गल्छी गाउँपालिकाको छोटे बगरमा अवैध रूपमा बालुवा निकालेर बिक्री गर्ने कार्यमा संलग्न समूहले नदीबाट निकाल्ने बालुवाको आम्दानी गाउँपालिकाको हुनुपर्ने भनेर आवाज उठाउने स्थानीय सिर्जना घलेलाई हातपातसमेत गरेका थिए। ‘नदीको बालुवा बेचेको आम्दानी गाउँपालिकाको हुनुपर्छ भनेर पटकपटक आवाज उठाउँदै आएकी छु’, घलेले भनिन्, ‘विरोध नगर्न भन्दै मलाई कहिले ५ प्रतिशत र कहिले १० प्रतिशत सेयरको लोभ देखाइयो।’

नदीबाट मजदुरले निकालेको बालुवामा बिचौलियाको बिगबिगी बढेपछि गल्छी गाउँपालिकाले कडाइ गर्दा गाउँपालिकाका पदाधिकारीलाइ कार्यालयमै दुव्र्यवहार भएको छ। ‘मजदुरले बालुवा निकालेको ठाउँबाट बालुवा बेच्न आफ्नो बाटो प्रयोग गरेको बहानामा पैसा असुल गरिरहेको र मजदुर मर्कामा परिरहेको भेटिएपछि त्रिशूलीको रुम्टा बगरबाट पृथ्वी राजमार्ग जोड्ने बाटो खन्ने गाउँपालिकाको निर्णयपछि बिचौलियाको समूहले आक्रमण प्रयास गरेका हुन्’, गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले भने। गाउँपालिकाले मदजुरहरुले हातैले निकालेको बालुवा १२ हजार रुपैया भन्दा माथी विक्रि गर्न नपाउने नियम बनाइदिएपछि त्यसको रिस फेर्न आक्रमणको प्रयास भएको श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.