कतार एयरवेजको फिफा ब्रान्डमा एयरक्राफ्ट

कतार एयरवेजको फिफा ब्रान्डमा एयरक्राफ्ट

काठमाडौं : फिफाको आधिकारिक पार्टनर कतार एयरवेजले २०१८ फिफा विश्वकपअन्तर्गत रुसमा उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीका लागि फिफाकै ब्रान्डअनुसार एक बोइङ ७७७ तयार गरेको छ।

फिफाको विशिष्ट ब्रान्डिङसहित निर्मित उक्त विमान आयरल्यान्डबाट दोहा पुर्‍याइएको थियो। सेमिफाइनल तथा फाइनल खेलका लागि मस्कोतर्फ प्रस्थान गर्नुअघि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

‘फुटबलका प्रेमीलाई सम्मान गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइनको रूपमा विश्वकपमा सामेल हुन पाउँदा खुसी लागेको छ। विमानले हाम्रो फिफासँगको सहकार्यलाई थप बलियो बनाउनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.