सूर्यविनायकमा चिडियाखाना विस्तार गरिने

सूर्यविनायकमा चिडियाखाना विस्तार गरिने

ललितपुर : जावलाखेलस्थित सदर चिडियाखानाले सूर्यविनायकमा विस्तार गर्ने तयारी थालेको छ । अहिले जावलाखेलको सानो क्षेत्रफलमा रहेको चिडियाखाना सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ ।

सदर चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलले सूर्यविनायकको जंगलमा प्राणी उद्यान केन्द्रका रूपमा चिडियाखानाको विस्तार गरिने जानकारी दिए । जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गाको क्षेत्रफल बढी छ । जावलाखेलको चिडियाखाना ६ हेक्टरमा छ भने सूर्यविनायकमा १४ दशमलव २९ हेक्टरमा क्षेत्रफलमा वन्यजन्तुलाई राखिनेछ । उनले भने, ‘यहाँ वन्यजन्तुलाई खोरमा राख्नु परेको छ तर सूर्यविनायकमा ठूलो क्षेत्रफलमा खुला राखिनेछ ।’

क्षेत्रफल ठूलो हुँदा ठूला जनावरलाई सहज हुने उनी बताउँछन् । यहाँ सानो क्षेत्रफलमा व्यवस्थापन गरेर जनावरलाई राखिएको छ । उनले भने, ‘हामीले प्राणी उद्यान केन्द्र अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेका छौँ ।’ सूर्यविनायकमा अहिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माणको काम भएको छ ।

सूर्यविनायकमा चिडियाखाना विस्तारको काममा प्राविधिक रुपमा प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले झण्डै २२ वर्षपहिले देखि सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ । नेपाल सरकार र कोषका बीचमा ३० वर्षसम्म कोषले व्यवस्थापन गर्ने सम्झौता भएको थियो । चिडियाखानाको स्थापना १९८९ सालमा भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । १२४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.