नेकपाको विधान पारित

नेकपाको विधान पारित

काठमाडौं  : नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बुधबार बिहान बालुवाटारमा बसेको बैठकले विधान र कार्यविधी टुंगाे लगाएको छ। बैठकले नियमावली टुंगाे लगाएपछि पार्टी सञ्चालनमा सहज हुने छ।  विधान र नियमावली अनुसार  पार्टीका जनवर्गीय संगठन एकीकरण कार्ययोजना बनाएर एकीकरण प्रक्रिया सुरु गर्ने नेकपाले तयारी गरेको छ । 

 पार्टीको विधान तथा नियमावली बनाउन महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन भएको थियो । कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललार्इ  बुझाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.