पाकिस्तानमा आत्मघाती आक्रमण, एक नेतासहित २० को मृत्यु

पाकिस्तानमा आत्मघाती आक्रमण, एक नेतासहित २० को मृत्यु

एजेन्सी: पाकिस्तानको पेशावर सहरमा मंगलवार अबेर राति एक आत्मघाती हमला भएको छ । चु्नावी र्‍यालीमा भएको यो आत्मघाती हमलामा कम्तिमा पनि २० जनाको ज्यान गएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् । 

मारिएका मानिसमध्ये एकजना वामी नेशनल पार्टी (एएनपी) का नेता हारून बिलौर पनि रहेका छन् । बिलौर पेशावर शहरको पिके-७८ सिटबाट उम्मेदवार थिए। उनी यहाँ अन्य नेतासँग भेटघाटका लागि बसेका थिए । 

यी नेता जब स्टेजमा पुगे तब आत्घाती हमलाकारीले आफूलाई बमले उडाएका थिए । त्यो बेला बिलौर गम्भीर घाइते भएका थिए तर उनलाई अस्पताल लगेपछि चिकित्सकले मृत घोषित गरे। 

बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार घटनामा करिब ८ किलो डाइनामाइटको प्रयोग गरिएको थियो । राहत र उद्धारकार्यका लागि कयौँ टिम घटनास्थलमा पुगेका थिए । 

सुरक्षा एजेन्सीले यो घटनाबारे जाँच थालेका छन् । २५ जुलाईमा हुने आम चुनावअघि पाकिस्तानमा यो दोस्रो ठुलो आतंकवादी हमला हो । यस महिनाको सुरुवातमा खैबर पख्तूनख्वा प्रान्तको तख्तिखेलमा एक विस्फोट हुँदा सातजना घाइते भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.