गुफाबाट हाँस्दै निस्केका छोराले जब बुवाको मृत्युको खबर सुने
बैंकक: थाइल्यान्डको थाम लुआङ्ग गुफामा फसेका फुटबल टिमका सबै १३ जनालाई १७ दिनपछि सुरक्षित निकालिएको छ। गुफाबाट बाहिर निकाल्ने अभियान सफल भएपछि उद्धार टोलीका सबै सदस्य धेरै खुशी थिए ।
त्यही बेला उद्धार टिममा रहेका डाक्टर रिचर्ड ह्यारिसका लागि एउटा दुखद खबर आयो । जब डाक्टर ह्यारिस गुफाबाट बाहिर निस्किए तब उनका पिताको निधन भएको खबर थाहा भयो । जब डाक्टर ह्यारिस गुफा भित्र थिए तब उनले पितासँग कुरा गरेका थिए । तर बाहिर निस्कएपछि उनलाई दु:खको खबर प्राप्त भयो ।
छुट्टीमा थिए डाक्टर ह्यारिस
समाचार अनुसार अस्ट्रेलियाको एडिलेडका एनेस्थिटिस्ट डक्टर रिचर्ड ह्यारिस छुट्टीमा थिए । त्यही क्रमाम उनलाई थाम गुफामा किशोरहरु फसेको खबर मिल्यो । डाक्टर ह्यारिसलाई सहयोगका लागि बोलाइयो ।
गुफाभित्र डाक्टर ह्यारिसले ती किशोरहरुको स्वास्थ्यको ख्याल गरेका थिए । समाचार अनुसार ब्रिटिश गोताखोरले गुफामा किशोरहरुको सहयोगका लागि डाक्टर ह्यारिसको नाम सुझाएका थिए ।
थाइल्यान्डका विदेश मामिला मन्त्री जुली बिशपदले डाक्टर ह्यारिसको प्रशंसा गर्दै उनीहरुलाई बाहिर निकाल्न अहम् भूमिका खेलेको बताए । उनी अस्ट्रेलियन मेडिकल असिस्टेन्स टिममा पनि सामेल थिए । जसले यसअघि पनि विदेशमा भएका यस्ता घटनामा सहयोग गरिसकेका छन् ।
थाइल्यान्डको थाम लुआङ्ग गुफामा फसेका फुटबल टिमका लागि ८ जुलाईमा फाइनल उद्धार अभियान थालिएको थियो । यो अभियान १० जुलाईमा सकियो । अन्तिम दिन प्रशिक्षक २५ वर्षीय इकापोल चाङ्टावाङ्गसहित ५ जना खेलाडीलाई बाहिर निकालियो ।
२३ जुनमा गुफा हेर्न गएका उनीहरु बाढीका कारण गुफाको साढे ४ किलोमिटर भित्र फसेका थिए । उद्धार कार्यमा जुटेका नेभी टिमका अधिकारीहरुले आफ्नो फेसबुक पेजमा एक पोस्ट हालेका छन् । यसमा उनीहरुले लेखेका थिए, 'हामीलाई पनि थाहा छैन, यो चमत्कार हो या विज्ञापन हो या केही अरु '
अहिले १३ वाइल्ड बोर फुटबल टिमका सबै खेलाडी गुफा बाहिर आइसकेका छन् । २ ब्रिटिश गोताखोरले गुफामा फसेका किशोरहरुलाई सबैभन्दा पहिले पत्ता लगाएका थिए । कठिन अवस्थामा यति धेरै दिनसम्म संघर्ष गर्ने यो टिमको नाम अहिले ब्रिलियन्ट १३ राखिएको छ।