इङ्ल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

इङ्ल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

काठमाडौं : क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गर्न सफल भएको हो।

खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा क्रोएसिया  १–० ले पछि परेको  थियो । दोस्रो हाफको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

निर्धारित ९० मिनटसम्म  पनि १-१  को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा मारियो मान्जुकिकले क्रोएसियाको जितका लागि निर्णायक गोल गरेपछि क्रोएसिया इतिहास रच्न सफल भयो । 

क्रोएसियाले उपाधिका लागि आइतबार सन १९९८ को विश्वविजेता फ्रान्सको समना गर्नेछ । फ्रान्स  मंगलबारको खेलमा बेल्जियमलाई पराजित गरी फाइलन प्रवेश गरेको हो । 

पहिलो पटक सन १९९८ को फ्रान्स विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो पटक नै तेस्रो स्थान हासिल गरी  तहल्का मच्चाएको थियो ।  रूस विश्वकप क्रोएसियाका लागि  पाचौ सहभागिता हो । 

क्रोएिसयासँग स्तब्ध बनेको  १९६६ को विश्वविजेता इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.