हेटौंडा–कुलेखानी सडकअवरुद्ध
मकवानपुर : हेटौंडा- काठमाडौं छोटो मार्ग मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्डको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान वर्षातसँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ यातायात दुईतर्फी अवरुद्ध भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बुढाले बताए ।
सडक अवरुद्ध हुँदा सयौं टाटा सुमो र अन्य सवारी साधनमा रहेका यात्रुहरु अलपत्र परेका छन् । पहिरो हटाउन प्राविधिकसहित डोजर तयारी अवस्थामा रहेपनि वर्षात नरोकिएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । पानी रोकिएपछि पहिरो हटाउन थालिने उनले बताए ।