डुबानमा बनेपा बजार, काभ्रेको जनजीवन अस्तव्यस्त

डुबानमा बनेपा बजार, काभ्रेको जनजीवन अस्तव्यस्त

बनेपाः बुधबार रातिदेखिको अबिरल बर्षाका कारण बनेपा नगरपालिकास्थित पुलबजार र केही क्षेत्र डुवानमा पर्नुका साथै जिल्लाको जनजिवन अस्तव्यस्त भएको छ । पुन्यमती खोलाको बाढी बनेपा बजारमा छिरेसँगै दर्जानौ घर डुबानमा पर्नुका साथै अरनिको राजमार्ग बन्द भएको छ ।

अरनिको राजमार्गस्थित बनेपाको पुलबजार क्षेत्रमा बाढी छिरेसँगै राजमार्ग पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बीपी राजमार्गको काभ्रेभञ्याङमा पहिरो जाँदा राजमार्ग अवरुद्ध छ । बाढीका कारण अरनिको र बीपी राजमार्ग हुँदै तराई जाने हजारौ सवारी साधान बनेपामा अलपत्र परेका छन् । 

भारी बर्षासँगै बनेपाको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै नमोबुद्ध नगरपालिका–३ रोशी खोलाको छेउमा बोरिङ गर्ने दुई मजदुर पहिरोमा परोको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए। 

उनका अनुसार  बनेपा–८ की जीवना नकर्मीको घरमा बाढी पस्दा घर बनाउन बसेका मजदुर फसेपछि नेपाली सेनाको टोलीले उद्धार गरेको छ । पनौती–४ का दिलबहादुर सापकोटाको घर पहिरोले पुरिँदा चौपाया मरेको प्रहरीले जनाएको छ  ।

पुण्यमति खोलामा आएको बाढीले बनेपाको पुलबजार, नयाँबस्ती, गोदामचोक, धनेश्वर खड्पु क्षेत्र चार दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । बाढीले घर, पसल भित्र छिरेसँगै करौडौँ रुपैयाँ बराबरको धनमाल क्षती भएको स्थानीहरुको गुनासो छ । 

बाढीले पनौतीस्थित प्रहरी गुल्म समेत डुबानमा परेको छ ।  जिल्लाको बेथानचोक, खानीखोला, चौरीदेउराली, माहाभारत गाउँपालिका र मण्डनदेउपुर, नमोबुद्ध, पाचँखाल नगरपालिकाका दर्जनौँ स्थानमा पहिरो गई ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.