पहिरोले १४ घर विस्थापित

पहिरोले १४ घर विस्थापित

नुवाकोट : अविरल वर्षासँगै बस्तीमुनिबाट बगेको पहिरोले नुवाकोटको विदुर नगरपालिका वडा नं. २ धारापानीका १४ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरिएको छ।

 
अविरल वर्षाका कारण घरभन्दा मुनिका बारीहरु पहिरोले बगाई १४ घरधुरी पूर्णरुपमा जोखिममा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

पहिरोका कारण घर क्षति भई स्थानीय धारापानी बस्ने रामकुमार कसाई, कुसुराम कसाइ, कान्छा कसाइ, रामजी कसाई, नारायण कसाई, शम्भु कसई र गोपाल कसाई लगायत घरपरिवार विस्थापित भएको कुँवरले बताए।

पहिराले  रामहरी खड्गी, सतुमान कसाई, बुद्धि कसाई, सोम कसाई, राजेन्द्र कसाई, रामशरण कसाई, कृष्णा कसाईको घर पनि विस्थापित हुने क्रममा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.