क्रोएसियाका खेलाडीले गोल 'सेलिब्रेसन' गर्दा फोटो पत्रकार च्यापिएपछि

क्रोएसियाका खेलाडीले गोल 'सेलिब्रेसन' गर्दा फोटो पत्रकार च्यापिएपछि

मस्को : जारी विश्वकप फुटबलको बुधबार राति खेलिएको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डविरुद्ध निर्णायक गोल गर्दै मारियो मान्जुकिचले क्रोएसियालाई पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुर्‍याए। खेलको ९० मिनेटसम्म १–१ गोलको बराबरी गरेको क्रोएसियाका लागि ३० मिनेटको अतिरिक्त समयमा मान्जुकिचले निर्णायक गोल गरेका थिए। त्यही गोलको खुसी मनाउने क्रममा एउटा अनौठो घटना पनि भएको छ।

टोलीका लागि ऐतिहासिक सफलता दिने निर्णायक गोल गरेपछि मान्जुकिच खुसी मनाउन दौडिएका थिए। खुसीको उन्मादमा मान्जुकिच र क्रोएसियाली टोलीका अन्य खेलाडी कतिसम्म डुब्न पुगे भने दौडने क्रममा उनीहरूले आफ्नो नियन्त्रण नै गुमाए। मैदानको ‘कर्नर फ्ल्याग’तर्फ दौडने क्रममा खेलाडीहरू ‘कर्नर फ्ल्याग’नजिकै रहेका फोटोग्राफरको भीडमा पुगे।

मैदानमा लडेर खुसी मनाउने क्रममा पहिले मान्जुकिच फोटोग्राफर रहेको भीडअघि पुगेका थिए। त्यही लयमा रहेका अन्य खेलाडी मान्जुकिचमाथि थुप्रिए। त्यसपछि उनीहरू महत्वपूर्ण समयमा गरेको गोलको खुसियाली मनाउन जोडजोडले कराउन थाले। त्यस बेलासम्म उनीहरूले आफूभन्दा तल एकजना फोटो पत्रकार पनि च्यापिएका छन् भन्ने कुरा चाल नै पाएनन्।

क्रोएसियाली खेलाडीहरू आफूमाथि लडेर खुसी मनाइरहँदा पनि ती फोटो पत्रकार भने उनीहरूलाई पन्छाउँदै तस्बिर खिच्ने प्रयास गर्दै थिए। आखिर उनी त्यही जिम्मेवारीका लागि नै रुस पुगेका थिए। असहज लाग्ने घटनामा फसे पनि ती फोटो पत्रकारले आफ्नो जिम्मेवारी भुलेनन्। बरु उनले त्यही अवस्थामा अन्य फोटो पत्रकारको भन्दा फरक कोणबाट तस्बिर खिच्ने अवसर पाए।

जब क्रोएसियन खेलाडीले आफूहरूले खुसियाली मनाउँदा समस्यमा परेका फोटो पत्रकारका बारेमा थापा पाए, त्यसपछि मान्जुकिच र अन्य खेलाडीले उनीसँग माफी मागेका थिए। गोलको खुसी मनाउने क्रम सकिएपछि मान्जुकिचले ती फोटो पत्रकारको हात समातेर माफी मागेका थिए। रक्षक डोमागोज भिदाले त ती फोटो पत्रकारलाई गालामा चुम्बन नै गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.