कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज हुँदै

कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज हुँदै

काठमाडौं : सरकारले तल्ला तहका झण्डै ६० हजार कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिम दिँदै आएको कर्मचारी प्रशिक्षण प्रतिष्ठान (पीटीए)लाई कुनै अध्ययन नगरी खारेज गर्ने अन्तिम तयारी थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पीटीए खारेजीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी अघि बढाएको हो । खरिदार र सुब्बा स्तरका कर्मचारीलाई सेवा प्रवेशदेखि सुशासन र क्षमता विकाससम्बन्धी तालिम दिन २०६६ सालमा प्रतिष्ठन स्थापना भएको थियो । त्यसअघि अधिकृतभन्दा माथिका कर्मचारीले मात्र स्टाफ कलेज तालिम लिने गरेका थिए । उच्च तहका कर्मचारीलाई तालिम दिने निकाय कायम राखी तल्ला तहका कर्मचारीलाई तालिम दिने निकाय खारेज गरिनुले कर्मचारीबीच विभेद गर्न खोजिएको नायव सुब्बा स्तरका कर्मचारीको गुनासो छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्टाफ कलेजबाटै सबै तहका कर्मचारीलाई तालिम दिन पीटीए खारेजीको प्रक्रिया थालिएको जानकारी दिए । ‘पहिला पनि स्टाफ कलेजले नै तालिम दिँदै आएको थियो अब पनि उसैले सबै कर्मचारीलाई तालिम दिने भएकाले पीटीए खारेज गर्न लागिएको हो’, उनले भने । प्रतिष्ठानले हालसम्म १५ हजार कर्मचारीलाई दक्षता अभिवृद्धिको तालिम दिइसकेको छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले पनि सरकारले तालिम प्रदायक निकाय हतार हतारमा खारेज गरि कर्मचारीहरु माथि अन्याय गर्न खोजेको वताए । ‘कर्मचारीको दक्षता र क्षमता वढाउन स्थापना भएको तालिम दिने निकायलाई खारेज गर्नु गलत भएको उनले वताए । सरकारले आगामी वर्षका लागि समेत पिटिएको लागि ८ करोड वजेट विनियोजन गरिसकेको छ भने पिटिएले प्रदेश स्तरमा समेत कर्मचारीलाई दक्षता अभिवृद्धिका लागि धमाधम तालिम सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.